जीवनशैली

ललितपुरमा आगलागीमा परेका दुईजना बालिकाको मृत्यु

download 14

एनएमबि न्युज डेक्स,काठमाडौँ
बैशाख २५,सोमबार ।

ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा आगलागीमा परेका दुईजना बालिकाको मृत्यु भएको छ । ३ वर्षीया प्रिया गिरी र ८ वर्षीया एलिशा गिरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

रौतहटको राजदेवी नगरपालिका–४ घर भएका उनीहरू परिवारसँग ललितपुरको किष्ट अस्पताल नजिकै टहरामा बस्दै आएका थिए । मोबिल स्टोरमा आगलागी हुँदा घाइते भएका संजय गिरी, रुपा गिरी र १५ वर्षीय मित गिरीको किष्ट अस्पतालमा उपचार हुँदै छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस