समाचार

मकालु हिमाल आरोहण गरी फर्कने क्रममा एक पर्वतारोहीको मृत्यु

 

एनएमबि न्युज डेक्स,काठमाडौँँ
बैशाख ३० सनिवार ।

संखुवासभास्थित विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्कने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ । पर्वतारोही सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए ।

मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु गाउँपालिका–२ र ३ को सिमानामा बेपत्ता भएका शेर्पाको शव शुक्रबार दिउँसो मकालु आधारशिविरमा फेला परेको प्रहरी निरीक्षक जबेगुले बताए ।

यातायात र सञ्चार सेवा नभएका कारण मकालु क्षेत्र भौगोलिक रूपमा विकट मानिन्छ । घटनास्थल सदरमुकाम खाँदबारीदेखि पाँच दिनको पैदल दूरीमा पर्दछ ।

पर्वतारोही शेर्पाको शव मुचुल्कापछि शनिबार सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राससखv

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस