जीवनशैली

राप्तीसोनारीमा फैलिएको झाडापाखालाबाट २९ जना बिरामी

received 743351524350344

एनएमबि न्युज डेक्स,काठमाडौँ
बैशाख २९,सनिवार ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–१, खोकरी कुसुममा झाडापखाला फैलिएको छ ।

एक्कासि फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका छन् । बिरामीमध्ये सातजनाको अवस्था गम्भीर रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।

झाडापखाला फैलिएको जानकारी पाउनसाथ पाँचजना स्वास्थ्यकर्मीको टोली परिचालन गरी उपचार भइरहेको कुसुम स्वास्थ्य चौकीका इन्चार्ज अमृत महतराले जानकारी दिए ।

पानी शुद्धीकरण गर्ने र पखालाका अरू औषधिसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ । अत्यधिक गर्मी, दूषित पानी र खानेपानीमा केही गडबडी भएकाले सो गाउँमा झाडापखाला फैलिएको जनाइएको छ ।

झाडापखाला लागेका बिरामीको अवस्था सुधार हुँदै गएको र जिल्लाबाट प्रभावित क्षेत्रमा थप स्वास्थ्यकर्मी औषधिसहित परिचालन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्रमुख शाहीले बताए । रासस

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस