जीवनशैली

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक पनि स्थगित

pp 1715343655

एनएमबि न्युज डेक्स,काठमाडौँ
जेठ १ मंगलबार ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ। कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको आजको बैठकसमेत स्थगित भएको छ।

संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेस सांसदहरुले नाराबाजी गरे।

बैठक सुरु हुने बित्तिकै कांग्रेस सांसदहरु आफ्नो स्थानबाट उठेर बेलतर्फ अघि बढेका थिए। सभामुखले बैठक चल्न दिन गरेको आग्रहलाई बेवास्ता गर्दै प्रमुख प्रतिपक्षले नाराबाजी जारी राखेपछि बैठक जेठ ३ गते बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ।

गृहमन्त्री नै सहकारी ठगी प्रकरणमा मुछिएका भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र धन्यवाद प्रस्ताव टेबल गर्ने प्रयोजनका लागि बोलाइएको बैठक पुनः अवरुद्ध गर्ने निर्णय गरेको थियो। सोहीअनुरुप कांग्रेसले संसदमा अवरोध जारी राखेको हो।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस