जीवनशैली

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप, संसदको अवरोध जारी राख्ने निर्णय

Nepali Congress Central Working Committee meeting

एनएमबि न्युज डेक्स,काठमाडौँ
जेठ–७,सोमबार ।

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो । यसका लागि कांग्रेसले सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

सोमबार बिहान बसेको कांग्रेस संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरुलाई ह्वीप जारी गर्नुका साथै संसदको अवरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले सोमबार संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा कांग्रेसको निर्णयले बैठक प्रभावित हुने देखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस