समाचार

रास्वपाको समिक्षा यात्रा थाहा बाट शुरु : देश बनाउने फर्मुला बिष्टले दिएका छन

440330885 433067712766562 4865270610824299154 n

एनएमबि न्युज डेक्स,काठमाडौँ
जेठ–८ ,मंगलबार 

सिम्रन खड्का

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो समिक्षा यात्रा स्व. रुपचन्द्र बिष्टको जन्मथलो मकवानपुर जिल्लाको थाहानगरपालिका बाट शुरु गरेको छ। पार्टीको समीक्षा यात्राका क्रममा पार्टी महामन्त्री डा. मुकुल ढकाल हिजो थाहा नगरपालिका पुगेका हुन। उनले थाहानगर का स्थानीय पार्टी सदस्य तथा शुभचिन्तकहरुसँग पार्टी तथा राष्ट्रका विविध विषयहरुमा अन्तरक्रिया कार्यक्रम गरेका छन ।

441889810 433067766099890 549660673794396322 n
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले पार्टीको नीति, निर्णय र सांगठनिक संरचनाका सबल र दुर्वल पक्ष पहिचानका लागि असार ५ गतेसम्म ३२ जिल्लाका ४८ स्थानमा पुग्ने लक्षय राखेको बताएका छन ।
पार्टी महामन्त्री मुकुल ढकालको नेतृत्वमा नागरिकको घर–दैलोमा गएर पार्टीमा भएका सही, गलत तथा थप सुधार गर्ने विषयमा यात्रा केन्द्रित हुने रास्वपाले जनाएको छ।

441711416 433067776099889 2261194394366009601 nउहाले थानगरबाट नै आफुले समिक्षा यात्रा गर्नु को उदेश्य थाहाका प्रणेता रुपचन्द्र बिस्टको दर्शन र बिचारलाई शिरोपर गरि रुपचन्द्र बिस्ट ले भने जस्तै सबैले सबै बिषय मा थाहा पाउनुनै सबै भन्दा ठुलो कुरा हो भनेर हाम्रो पार्टीको बारेमा पनि कमजोर पक्षहरु र बलियो पक्ष हरु लाइ थाहा पाउनु पर्छ भन्ने मान्यताको साथनै समिक्षा यात्रा थाहानगर बाट शुरु गरेको बताएका छन। उनले रुपचन्द्र बिष्टलाइ आफुले आदर्श व्यक्तिको रुपमा लिएको बताए छन। साथै उनले रुपचन्द्र बिष्ट लाइ नेपाल रत्न पदक बाट विभूषित गर्न पर्ने धारणा समेत व्यक्त गरेका छन। उनले भने ” रुपचन्द्र बिष्ट को बिचारधारा लाइ पालना नगरेको कारणले देश पछि परेको हो रुपचन्द्र बिष्ट ले देश बनाउने फर्मुला पहिलेनै दिसकेका छन।”

441889810 433067766099890 549660673794396322 n 1

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस