
अनुज पछाई,काठमाडौँ
जेठ–९ बुधबार ।
आगामी श्रावण महिनाभर पशुपति क्षेत्रमा आयोजना हुन लागेको नेपालकै हालसम्मको ठूलो पशुपति कोटीहोम एंव १०८ श्रीमद्भागवतको चर्चा अहिले देशव्यापी भैरहेको छ । कोटीहोम सफल बनाउनको लागि आयोजक समिती तन मनका साथमा लागेको देखिन्छ ।
इतिहासकै ठूलो कोटिहोम महायज्ञ सञ्चालन र सफल बनाउनको लागि आयोजक समितीले उपत्यका भित्रका काठमाडौँ,भक्तपुर र ललितपुर जिल्लामा मात्र १३ सय बढी कोटीहोम महायज्ञ उपसमिती निर्माण गरेको आयोजक संस्था श्री मानव सेवा फाउण्डेसनका व्यवस्थापक विष्णु राज गिरीले बताएका छन ।
हालसम्म १ हजार ३ सय ३० ओटा उपसमिती निर्माण गरिएको गीरीको भनाई छ ।
व्यबस्थापक गीरीका अनुसार अहिले उपसमितीलाई मनोनयनको कार्य सँगै निमन्त्रणा दिने कार्य भइरहेको छ । उपत्यकाका स्थानिय तह,धार्मिक मठमन्दिर,टोल सुधार समितीमा आबद्ध भएका धार्मिक मनहरुलाई समेटेर उपसमिति निर्माण गरेको व्यबस्थापक गीरीले बताए ।
मानव सेवा फाउण्डेसन अन्तर्गत सञ्चालमा रहेका मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ उक्त कोटीहोम महायज्ञ सञ्चालन हुन गैरहेको हो ।
कोटिहोम महायज्ञमा कोटीहोमका नियममित कर्म, यज्ञ अनुष्ठान संगै श्रीमदभागवत कथा प्रवचन,शिव महापुराण,रामायण आदि पाठ हुने छ ।
कथाप्रवचनका लागि वाचन प्रविण पण्डित श्री दीनवन्दरु पोखरेल,सु–प्रसिद्ध कथा वाचिका राधिका दासी माता , प्रशिद्ध कथा वाचिका देवी प्रतिभा,राम कथावाचिका चन्द्रकला सखी र श्रीमद देवी भागवत वाचिका विदुषि डा.कान्ता भट्राईको सहभागीता रहने छ ।