
अनुज पछाई,काठमाडौँ ।
जेठ–११,शुक्रबार ।
आगामी श्रावण महिनाभर पवित्र भूमी पशुपति क्षेत्रमा विश्वकल्याण मासिक कोटिहोम महायज्ञ सञ्चालन हुने भएको छ । मानव सेवा फाउण्डेसन नेपाल अन्तर्गत सञ्चालनमा रहेका अन्य दर्जन सामाजिक संघस्थाको आयोजनामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री पशुपति कोटिहोम एंव १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ श्रावण १ गते देखि ३२ गते सम्म सञ्चालन हुन लागेको हो ।
कोटिहोम महायज्ञमा विश्व कल्याणसँगै सम्पूर्ण नेपालीहरुको सुख, शान्ति, समृद्धिको कामना गर्दै करोडौँ दिप प्रज्वलनको कार्यक्रम पनि आयोजना गरिएको छ । कोटिहोम महायज्ञ अवधिभर विश्व शान्तिको कामना गर्दै नियमित रुपमा १०८ पण्डितहरु द्वारा हवनको कार्यक्रम हुने छ ।
कोटिहोम महायज्ञ भनेको सवै प्रकारका दुषित तत्वहरुलाई शुद्ध गर्ने विधि हो । कोटीहोम महायज्ञ गर्नाले पृथ्वीमा भए गरेको सवै प्रकारको अभिलो र दूषित वातावरणलाई शुद्ध गर्ने विधि र पद्धति हो मानिसहरुको मनदेखि लिएर सारा वातावरणनै शुद्धहोस भन्नका लागि कोटिहोम महायज्ञ गर्ने परापूर्वकाल देखि चल्दै र चलाईदै आएको रितीथिति भएका हो भन्ने बुझिन्छ ।