सिम्रन खडका ,काठमाडौँ
जेठ–१२ शनिबार ।
काठमाडौँ मा आज देखि नेपाल सोतोकान कराते सघंद्वारा आयोजित १५ औँ संस्करणको एनएसकेए अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु भएको छ। प्रतियोगितामा ४० स्वर्ण, ४० रजत र ८४ कास्य गरि जम्मा १६४ पदकका लागि प्रतिस्पर्धा हुने छ।
आज र भोलि गरि दुई दिन सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, बङ्ग्लादेश, पाकिस्तान, श्रीलङ्का र भुटान गरी ६ वटा देशका ८ सय खेलाडीको सहभागिता रहने छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आयोजित एक भव्य समारोहका विच युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले प्रतियोगिताको उद्धाटन गर्नु भएको हो।
आयोजक सङ्घका महासचिव तथा प्रमुख प्रशिक्षक श्याम शेर्पाले अघिल्लो संस्करणको च्याम्पियन नेपालले यसपटकपनि उत्कृष्ट प्रर्दशन गर्नेमा आफु विश्वस्त रहेको बताएका छन।
प्रतिक्रिया दिनुहोस