समाचार

पाचौँ थाहा गोल्डकपको फाईनल खेल आज

WhatsApp Image 2024 05 28 at 08.15.53 31a1d1cb

एनएमबि न्युज डेक्स,काठमाडौँ ।
जेठ–१५ मंगलबार ।

सिम्रन खडका

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा जारी पाचौँ थाहा गोल्ड कप फूटबल प्रतियोगिताको फाईनलमा ॠषेश्वरका ११ र चित्लाङ खेलकुद बिकास समिति पुगेका छन्। फाईनल पुगेका २ टिमले उपाधीको लागि खेल्नेछन् ।थाहा नगरको इन्द्रायणीचौर खेलमैदानमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा ॠषेश्वर ११ ले सकृय युवा क्लबलाई ८–२ को गोल अन्तरले पराजित गरेर ऋषेश्वर फाइनल प्रवेश गरेको हो।प्रतियोगितामा ऋषेश्वरका लागि संजोग महर्जनले १७ औं मिनेटमा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । उनले खेलको ५७ औँ र ६० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरे भने ॠषेश्वरकै रिचर्ड विल्सनले प्रतियोगितामा व्यक्तिगत ४ गोल गर्न सफल भए । उक्त प्रतियोगितामा ४ गोल गर्न सफल रिचर्ड म्यान अफ दी म्याच घोषित भए । ऋषेश्वरका समिरराज थोकरले ३४ औं मिनेटमा तेश्रो गोल गरेका थिए ।उक्त प्रतियोगितामा सकृय युवा क्लबका लागि सुनिल शाह ठकुरी र सुसन नगरकोटीले सान्त्वना एक-एक गोल गरेका थिए ।त्यसै सोमबार नै भएको दोस्रो सेमिफाइनल खेलमा कुर्दन एकेडेमीलाई सडेनडेथ पराजित गर्दै चित्लाङ खेलकुद विकास समिति फाइनल प्रवेश गरेको छ । निर्धारित समयमा दुबै टिमबाट २–२ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । लगातार पेनाल्टीमा समेत बराबर गोल भएपछि खेल सडेनडेथमा पुगेको थियो ।उक्त खेलमा कुर्दन एकेडेमीका लागि अनिल खडकाले २४ औं मिनेटमा र रोहितले ८२ औं मिनेटमा एक-एक गोल गरेका थिए भने चित्लाङका लागि अफ्रिकी खेलाडी फैसल जफा ४० र ५१ औं मिनेटमा दुई गोल गरेका थिए  । थाहा नगर खेलकुद विकास समितिको आयोजना र शिखर क्लबको ब्यवस्थापनमा संचालन भएको प्रतियोगितामा ९ ओटा टिमको सहभागिता रहेको थियो। मंगलबार दिउसो १ बजे हुने फाइनल खेल बिजेताले नगद २ लाख र उपबिजेताले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस