एनएमबि न्युज डेक्स,काठमाडौँ ।
जेठ–१५ मंगलबार ।
सिम्रन खडका
एमनेष्टी इन्टरनेसनल नेपाल समूह ६७ को आयोजनामा एमनेष्टी र मानव अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एमनेष्टी इन्टरनेसनलको ६३ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको समूह ६७ का संयोजक प्रकाश ढकालले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा एमनेष्टी इन्टरनेसनल समूह ६७ का सल्लाहकार बिजय कुमार बैद्यले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सल्लाहकारहरु बिजेन्द्र अग्रवाल, ह्याग्रीब आचार्य लगायत सदस्यहरुको सहभागिता रहेको थियो । १५० भन्दा बढी देशमा क्रियाशिल एमनेष्टी इन्टरनेसनलले नेपालका ३७ जिल्लामा करिव ७ हजार सदस्य मार्फत विविध कार्य गर्दै आएको समूह ६७ का सचिव रघुनाथ खरेलले बताए ।
प्रतिक्रिया दिनुहोस