
एनएमबि न्युज डेक्स,काठमाडौँ ।
जेठ–१५ मंगलबार ।
सिम्रन खडका
नेपाल भारत मैत्री संघको बागमती प्रदेश कार्यसमिति मनोनयनका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार हेटौंडामा नेपाल भारत मैत्री संघ आयोजनामा प्रदेश कार्यसमिति मनोनयन गरिएको हो । संघको बिधानअनुसार प्रदेशबाट प्रतिनिधित्व केन्द्रीय उपाध्यक्ष स्वतः प्रदेश अध्यक्ष हुने र प्रदेश अध्यक्षले प्रदेश कार्यसमिति चयन गर्ने प्रावधान अनुरुप केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश अध्यक्ष माधवप्रसाद तिमल्सिनाले प्रदेश कार्य समिति मनोनयन गरेका हुन् । प्रदेश कार्यसमिति उपाध्यक्षमा नारायण श्रेष्ठ, सचिवमा बिनोद न्यौपाने, कोषाध्यक्षमा तिलक बहादुर न्यौपाने, सदस्यहरुमा बविन लिगल, देबी सुवेदी लगायत मनोनित भएकाछन् ।
त्यस्तै मंगलबार नै सरोज अधिकारीको अध्यक्षतामा मकवानपुर जिल्ला कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा उमा निरौला र बिनोद थापा, सचिवमा गंगा प्रसाद पौडेल, कोषाध्यक्षमा राजेश अग्रवाल, सदस्यहरुमा बसन्त कप्रौला, मधुकुमार सिंह, नम नारायण यादब, सुक्रित पराजुली, समाज घिमिरे लगायत रहेकाछन् । यसै अवसरमा स्वास्थ्य सचेतना कार्यक्रमका साथै १७ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रम नेपाल भारत मैत्री संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष शुष्मा शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने निवर्तमान अध्यक्ष राजकुमार सिन्धिको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा संघका केन्द्रीय कुश्मा पन्त, नेपाल भारत बिश्व मैत्री संघका केन्द्रीय कोषाध्यक्ष प्रविण मैनाली लगायतको आतिथ्यता रहेको थियो ।