खेलकुद

सन्दीपलाई भिसाका लागि जुलुस, दूतावासतिर युवाहरूको समूह

san3

एनएमबि न्यसज डेक्स,काठमाडौँ
जेठ–१६,बुधबार ।

यही जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकप क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता अनिश्चित भएको छ । उच्च अदालतले सफाइ दिइसकेकोअवस्थामा अमेरिकाले विश्वक खेल्नका लागि त्यसतर्फ जान भिसा नदिएपछि सन्दीप समस्यामा परेका छन् ।

san2

अन्य खेलाडीहरू विश्वकपको तयारीका लागि अमेरिकामा व्यस्त रहेका बेला सन्दीप भने अझै पनि भिसा आउने अपेक्षमा छन् ।

तर अमेरिकी दूतावासले बुधबारसम्म पनि सन्दीपलाई भिसाको ग्रीन सिग्नल दिएको छैन । यसबीचमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द नै पत्नीसहित अमेरिकातिर लागिसकेका छन् ।

san1

सन्दीपलाई भिसा नदिएको भन्दै केही युवाहरूको समूहले बुधबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

माइतघीर मण्डलबाट जुलुस निकालेर लामिछानेलाई भिसा दिन दबाबका लागि अमेरिकन राजदूतावास घेर्न युवाहरूको समूह गएको छ ।

माइतीघर मण्डलबाट महाराजगञ्जतर्फ लागेका युवाहरूलाई प्रहरीले सुरक्षा दिएको छ । टी २० विश्व कपका लागि जान लामिछानेलाई अमेरिकन राजदूतावासले भिसा नदिएपछि वेस्टइन्डिजमा हुने म्याचमा सहभागी गराउने भनिए पनि अझै त्यसको टुंगो लागेको छैन ।

san

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस