देश

चितवनमा हावाहुरीले दुई हजार ५०० बिघाको केराखेतीमा क्षति

kera nasta1111111111111 sZiWJmjbBl

एनएमबि न्युज डेक्स,काठमाडौँ
जेठ–२१ सोमबार ।

केही दिनअघि आएकोहावाहुरीले जिल्लाको केराखेतीमा ठूलो क्षति पुर्‍याएको छ। चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो।

पूर्वी चितवनमा लगाइएको केरामा बढी मात्रामा क्षति पुगेको घिमिरेले जानकारी दिए। ‘पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति पुगेको छ’, उनले भने, ‘४० लाख ८७ हजार पाँच सय केरामा क्षति पुगेको छ।’ उनका अनुसार पसाएर फल लाग्ने समयका केरामा हावाहुरीका कारण क्षति पुगेको छ।

संघका महासचिव जनक पन्तका अनुसार हावाहुरीका कारण १२ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। ७० किसानको केरा पूर्णरूपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए। ९० प्रतिशत किसानले केराको बिमा गरेको र १० प्रतिशत किसानले बिमा नगरेको उनले बताए।

बिमा गरेका किसानले क्षति भएबापत केही रकम पाउने भए पनि बिमा नगरेका किसानको पूर्ण क्षति हुने उनले बताए। जिल्लामा हाल तीन हजार पाँच सय बिघाा क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ। यहाँ ७०० किसानले केरा खेती गरेका छन्।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस