जीवनशैली

४९ जनाको ज्यान जाने गरी कुवेतमा भएको आगलागीमा ५ नेपालीले झ्यालबाट हामफालेर ज्यान बचाए

1 kuwait DmFDqBSn9d

एनएमबि न्युज डेक्स,काठमाडौँ
जेठ–३२ बिहिबार ।

काठमाण्डौं– ४९ जनाको ज्यान जाने गरी कुवेतको महंगाफस्थित ६ तले भवन ९श्रमिक क्याम्प० मा भएको आगलागीमा तीन जना नेपाली घाइते भएका छन्। सो क्याम्पमा ५ जना नेपाली थिए। आगलागीपछि उनीहरुले झ्यालबाट हामफालेका थिए। त्यसक्रममा तीन जना घाइते भएका छन्।

क्याम्पमा झापाको शिवगञ्जका दोर्जे लामा, सिराहाका शिवशंकर पासवान, दिनेशकुमार मण्डल, सन्तोषकुमार गोईत र जाकिर नदप थिए। शिवशंकर, दोर्जे र दिनेशकुमार घाईते छन्। दोर्जे र शिवशंकरको अदान अस्पतालमा उपचार भइरहेको छ। दिनेशको भने फरवानिया अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भैसकेको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ।

त्यस्तै, जाकिर र सन्तोष भने सुरक्षित रहेको कम्पनीले जानकारी दिएको दूतावासको भनाई छ। आगलागीको घटनामा परेर हालसम्म ४९ जना आप्रवासी कामदारको मृत्यु भइसकेको छ।

मृत्यु हुनेमा ४० जना भारतीय श्रमिक रहेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन्। तर, कुवेत सरकारले मृतक श्रमिकको राष्ट्रियता खुलाइसकेको छैन। कुवेतका स्वास्थ्यमन्त्री अहमद अल अवधीले आगलागीमा परी घाइते भएका ५६ जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको जनाएका छन्।

बुधबार बिहान साढे ४ बजे क्याम्पको तल्लो तलाको एउटा कोठाबाट आगो सल्किएको थियो। घटनास्थलको निरीक्षण गर्न पुगेका आन्तरिक मन्त्री शेख फहाद अल–युसुफ अल–सबाहले आगलागी घटनाको छानबिन गर्न भवन मालिकलाई पक्राउ गरिसकेको बताए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस