जीवनशैली

बाबा आमा जन्माने छोरा हौँ–“वालयोगेश्वर तिमी”

gurudev 1

लेखकः अनुज पछाई

हुन त बाबा आमाले हो सन्तानलाई जन्म दिने । तर यो धर्तीमा यस्ता छोराछोरी पनि जन्मिएका हुदो रहेछन । जस्ले बाबाआमालाई जन्म दिएका हुन्छन । त्यो पनि एक होइन हजारौ बाबाआमा ।

आज असार १ गते । नेपाली पात्रो अनुसार कुन तिथी हो,कुन बार हो, त्यो नेपाली पात्रोमा नै सिमीत होस् तर मेरो लागी आजको दिन एक महान विर पुरुषको जन्म भएको दिन हो । जस्लाई राष्ट्रले चिन्न सकेको छ छैन त्यो पनि थाहा छैन । तर म जस्ता हजारौ युवाले चिनेका छन् । मनमा सजाएको छन् ।

म त फेरी शिर्षकलाई दोहोराउछु बाबा आमा जन्माउने छोरा हौ– “वालयोगेश्वर तिमी” । हो, सन्तान जन्म दिने काम बाबाआमाको हो । यो धुर्वसत्य कुरा पनि हो । तर आजको दिन यो धर्तीमा टेकेका वालयोगेश्वर विजय कृष्ण मूर्ती जी महाराजले छोरा भएर बाबाआमा जन्माइरहेका छन ।

कलकलाउदो उमेर,नयाँ जोस भएका, मानव जाती,जीव अनि राष्ट्रको लागि केही गर्नुपर्छ भन्ने हुटहुटी बोकेका उनै विश्वबिख्यात कथावाचक वालयोगेश्वर महाराजको बारेमा यो आटिकल लेख्न खोज्दा मैले दिएको शिर्षकले न्याए गरेको छ जस्तो मलाई लागेको छैन । उनि केवल बाबाआमालाई जन्म दिने छोरा मात्र होइनन । अनाथ हजारौ बालबालिकाको नाथ अथवा भगवान अनि युवाहरुको लागि सस्कार सिकाउने सस्कारका खानी,धर्म रक्षक ,देश प्रेमी,शिक्षा प्रेमी अनि दुःखका सारथी हुन ।

आज जन्मदिन मनाइरहदा मेरो मनमा खुसीको छाल छछलकीएको छ । उनै वालयोगेश्वर महाराज ललितपुरको गोदावरी जादा देशभरका बालबालिका जस्ले सानैमा बाबाआमाको माया प्राप्त गर्न सकेनन हो ति बालबालिकाको लागि मामा बनेर खडा हुन्छन त भक्तपुरको ताथलीमा पुग्दा सयौ अपहेलीत,दुःखी,गरिव आमाबुवाको छोरा बनेर खडा हुन्छन ।

हो सृष्टिको नियमले बाबाआमाले छोराछोरी जन्माएपनि वालयोगेश्वर महाराजले भने छोरा बनेर बाबाआमा जन्माइरहेका छन ।

बर्षगाठ हरेक बर्ष आउने गर्दछ । वालयोगेश्वरको जन्मदिनमा दिन सक्ने हैसियत त केही छैन । स्वयम भगवानको आशिवार्द लिएर आएका छौँ । यति भन्न चाहान्छु–तिम्रो कोखमा अझै हजारौँ बाबाआमाले जन्म लिन खोजिरहेका छन । तिम्रो भान्जाभान्जी बन्ने सपना धेरैको छ । हो कसैले कुरा काटदैमा खुट्टा नकमाउनु । खुट्टा तान्न खोज्दैमा आफ्नो कदम नविर्सनु । तिमी जे सोचेका छौ सफल हुन्छौ किनकी तिमीसँग तिम्ले नै जन्माएका हजारौ आमाबुवाको आशिर्वाद छ ।

सुनेको छु । तिनै बाबालिकालाई थप व्यबस्थित गर्नको लागि मामाघर निर्माण अनि छोरीको घरको भवन निर्माण गर्नको लागि भनेर श्रावण महिनाभर देशमा नै ठूलो कोटिहोम महायज्ञ लगाउदै छौ रे । उक्त महायज्ञ सभ्य र भव्यताको साथमा सफल होस् ।
तिमीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
तिमीलाई तिम्रो हितको सबै कामका लागि शुभकामना

आज तिम्रो जन्मदिन, यस पावन दिनको अवसरमा तिमीलाई विगतका पलहरुले कहिल्यै नसताओस् अनि आगामी जीवनमा कहिल्यै पछाडि फर्केर निराश हुन नपरोस्, जन्मदिनको एक भूगोल शुभकामना टक्र्याउँदछु, स्विकार्नु ल।

 

 

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *