जीवनशैली

सर्लाहीमा बस दुर्घटना, तीन जनाको ज्यान गयो

bus accident 1718856135

एनएमबि न्युज डेक्स,काठमाडौँ
असा ६,बिहिबार ।

पूर्वपश्चिम राजमार्गमा पर्ने सर्लाहीको बागमती नगरपालिका–११ मा रहेको रायमाझी चोकमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । ३० जनाभन्दा धेरै घाइते भएका प्रहरीले जनाएको छ । आज बिहान चोकमा रोकेर राखेको लरीमा बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, दशरथ कोहार र रामकरण केवटको ज्यान गएको हो ।

घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनको नमूना अस्पताल पुर्‍याएकामा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो ।

रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *