देश

अध्यक्षको मनपरि निर्णयमा महालेखा परीक्षकको नजर

e1d7198e e8d9 42a2 8a74 97cbab73bed8

एनएमबि न्युज डेक्स,काठमाडौँ
असार ७ शुक्रबार 

दार्चुलाको शैल्यशिखर नगरपालिका स्थानीय तहमा आवद्द रहेका  व्यक्तिहरुले नै जनताले तिरेको  करबाट उठेको रकम लाइ मनपरी ढंगबाट परिचालन गरेको तथ्य सार्वजनिक भएको छ। शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामी सहित  नगरपालिकामा आवद्द कर्मचारी हरुको  संगलागनाता मा  विभिन्न शिर्षक हरुमा मनपरी ढंगबाट रकम खर्च गरिएको देखिएको छ। त्यस्तै  शैल्यशिखर नगरपालिका वार्ड नं. ८ का वार्ड अध्यक्ष केशबदत्त जोसीले प्रदेश सरकारको नियममाथी नै आच आउने गरि मनपरि ढङगले वार्डबाट सेवा लिने गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार शैल्यशिखर नगरपालिकाबाट अनियमितताकाे नमूना सार्वजनिक भएको हो । महालेखा परीक्षकको आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदन अनुसार एउटै मोवाइल फोन खरिदमा साढे तीन लाख बढी खर्च गरेका छन् । आर्थिक वर्ष २०७९/०८० को महालेखा परीक्षकले सार्वजनिक गरेको विवरण अनुसार उनले आफ्नै वार्ड भित्रका विद्यालय अनुगमन गरेवाफत नगद रु २७००० रुपैयाँ लिएको पनि खुलेको छ । यसरि नागरिकले तिरेको करको चरम दुरुपयोग गरी ३ लाख ६३ हजार ८ सय ६३ रुपैयाँ पर्ने (Redmi note 9 Pro 6/128) मोवाइल खरिद समेत गरेको पाएको छ।

sss
स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी ऐन, २०७५ मा पालिका पदाधिकारीहरुलाई संञ्चार खर्च उपलब्ध गराउने व्यवस्था भएपनि मोवाईल उपलब्ध गराउने व्यवस्था नभएको महालेखा परीक्षकको प्रतिवेदनमा प्रस्ट उल्लेख गरिएको छ । यो प्रदेश सरकारको नियम विपरीत हो । प्रदेश सरकाको नियम अनुसार आफ्नै वार्डको अनुगमनको क्रममा अनुगमन तथा भ्रमण खर्च लिन पाइदैन । प्रमुख प्रशासकीय अधिकृतले ३ लाख ६३ हजार ८ सय ६३ रुपैयाँमा खरिद  गरेको (Redmi note 9 Pro 6/128)को बजार मूल्य भने हाल २९ हजार ९ सय ९९ कारोबार हुने गरेको छ । यसरी कानुनी व्यवस्था विपरित गरिएको खर्चलाई महालेखाले समेत अनियमितता भएको ठहर गरेको छ । यसै कारण अहिले सामाजिक सञ्जालमा शैल्यशिखर नगरपालिकाको चर्काे आलोचना समेत भइरहेको छ । समाजको सेवाभाव ले जनताको विश्वासको मतको फाइदा यसरि उठाउदैछन समबन्धित ठाउमा बसेका हरुले । अब अध्यक्ष जोसीले सो रकम असुल गर्नुपर्ने छ ।

448057394 2069874846743224 817868767924045936 n 1 448073323 2069875013409874 4255488066536709769 n 1 448095708 2069875366743172 1808289415013139099 n 1 448192025 2069875326743176 523505326390989791 n 1 448195715 2069875203409855 8487029445471846390 n 1 448217687 2069875236743185 4494310726185360692 n 1 448224554 2069875283409847 1377161158172955274 n 1 448236665 2069874980076544 8521696919415007079 n 1 448277035 2069875163409859 334006694186269398 n 1 448277108 2069875053409870 189794742310418799 n 1

 

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *