जीवनशैली

असार १६ गते देखि दैनिक १ घण्टा मोटरसाइकल र्‍याली गरिने

rali 3 800x500 1

एनएमबि न्युज,काठमाडौँ
असार ९,आइतबार ।

आगामी श्रावण महिनाभर नेपालकै इतिहासमा ठूलो महायज्ञ सञ्चालन हुदै छ । काठमाडौँको कलंकीमा रहेको श्री मानव सेवा फाउण्डेसनले एक महिने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ एंव १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ आयोजना गर्न लागेको हो ।

महायज्ञ सुरु हुनुभन्दा करिब २ हप्ता अगाडीदेखि नै आयोजकले दैनिक एक घण्टा मोटरसाइक

र्‍यालीको कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी असार १६ गते देखि ३१ गते सम्म पुरै २ हप्ता दैनिक बेलुका ६ बजे देखी ७ बजे सम्म १ घण्टा मोटरसाइकल र्‍यालीको कार्यक्रम राखेकोे मानव सेवा फाउण्डेसनका व्यबस्थापक तथा र्‍याली कार्यक्रमका संयोजक सन्तोष भुषालले जानकारी दिए ।

दैनिक सयौ मोटरसाइक ¥याली सहित चक्रपथ परिक्रमा गर्ने कार्यक्रम रहेको छ । महायज्ञको पूर्वसन्धयाको अवसरमा प्रचारप्रसारको दृष्टिले उक्ल याली कार्यक्रम गर्न लागिएको हो ।

वातावरणीय तथा ध्वनी नियन्त्रणको नियमलाई मध्यनजर गर्दै शान्तिपूर्ण वातावरणमा मोटरसाइकल ¥याली कार्यक्रम गरिने आयोजकले जनाएको छ । त्यस्तै आयोजकले उक्त ¥याली कार्यक्रममा सहभागी भइदिनुहुनको लागि सम्पूर्ण भक्तजनहरुलाई आग्रह गरेको छ ।

कोटिहोम महायज्ञबाट विश्व कल्याण सँगै लतिलतपुरमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको ताथलीमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणको सहयोगार्थ उक्त महायज्ञको आयोजना गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *