जीवनशैली

रुकुम पूर्वको एक विद्यालयमा भिरमौरीको टोकाइबाट १३ जना घाइते

एनएमबि न्युज डेक्स,काठमाडौँ
असार १० सोमबार ।

रुकुम पूर्वको एक विद्यालयमा भिर मौरीको टोकाइबाट १३ जना घाइते भएका छन्। भूमे गाउँपालिका–६ खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक मौरीको टोकाइबाट घाइते भएका हुन्।

आइतबार विद्यालयमा प्रार्थना गर्ने समयमा एक्कासि आएको भीर मौरीले टोक्दा विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन्।

घाइतेमध्ये तीन जनाको अवस्था जटिल रहेको महत स्वास्थ्य चौकी रुकुम पूर्वका अहेव हेमराज ओलीले जानकारी दिए।

उनका अनुसार मैरीको टोकाइबाट गम्भीर घाइते हुनेमा विद्यालयका प्रधानाध्यापक दिलकुमारी रोका, १० वर्षीय विद्यार्थी नरमान रोका र उनकी आमा रुचि रोका छन्। उनीहरूलाई सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट रेफर गरिएको अहेव ओलीले जानकारी दिए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस