जीवनशैली

मेलम्चीमा बाढी, बगायो अस्थायी पुल

melamchi fatte 1719197235

एनएमबि न्युज डेक्स,काठमाडौँ
असार –१० सोमबार ।

अविरल वर्षापछिको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ। आइतबार रातिदेखिको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका(११ स्थित फट्टेमा अस्थायी पुल बगाएको हो।

वडाध्यक्ष चन्द्रबहादुर तामाङका अनुसार २०७८ को बाढीले पुल बगाएपछि ह्युम पाइप राखेर अस्थायी पुल बनाइएको थियो। ‘बर्खा लाग्ने बेलामा झिक्ने र हिउँदमा फेरि राख्ने गरेका थियौं। यसपालि निकाल्ने सल्लाह भइरहेको थियो। बाढीले बगायो,’ वडाध्यक्ष तामाङले भने।

पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ। ह्युम पाइप क्षति भएसँगै मेलम्ची(९ दुवाचौर , केउरानी , बरुवा, बाँसखर्कलगायतमा यातायात सञ्चालनमा कठिनाइ भएको छ।पुल बगाएपछि ती ठाउँहरूमा जान थप १५ किलोमिटर घुम्नुपर्ने अवस्था रहेको वडाध्यक्ष तामाङले बताए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस