खेलकुद

२१ किलोमिटर दूरीको राष्ट्रिय खुला अपहिल केडिसी रन प्रतियोगिता सम्पन्न

Capture 12

बिक्रम कार्की,काठमाडौँ
असार–८ सनिवार

नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा २१ किलोमिटर दूरीको राष्ट्रिय खुला अपहिल केडिसी रन प्रतियोगिता हुने सम्पन्न भएको छ । सनिवार एक कार्यक्रमको बिचमा उक्त प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगितामा देशका बिभिन्न स्थानबाट करिब ३ सय बढी प्रतिस्पर्धी सहभागी भएका थिए ।

Capture 14

राखेप कार्यकारी समितिका सदस्य समेत रहेका आयोजक महासंघका अध्यक्ष एकेन्द्र कुँवरका अनुसार प्रतियोगिताको शीर्ष पाँचमा रहने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात परेका छ्न।

दौड प्रतियोग कीर्तिपुरको चारघरेस्थित माइती रिसोर्टबाट सुरु भइ दक्षिणकालीको बोसनडाँडा, कीर्तिपुरको पुरानो बाघभैरव, पुष्पलाल पार्क, चन्द्रागिरिको मच्छेगाउँ, मातातीर्थ, कीर्तिपुरको भत्केपाटी हुँदै पुनः माइती रिसोर्टमै पुगेर टुगेको थियो ।

Capture 13

दौडको रुटमा सहभागीहरुले करिब ३ हजार फिट उचाई पनि तय गरेको थियो । रुट ६ वटा वाटर प्वाइन्ट, ६ वटा चेक प्वाइन्ट र ३ वटा मेडिकल प्वाइन्टको व्यवस्था गरिएको थियो । प्रतियोगितामा ६५ स्वयंसेवक र ८ वटा मोटरसाइकल परिचालन गरिएको बताइएको छ ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न महासंघका सदस्य सूर्यबहादुर बुढाथोकीको संयोजकत्वमा ७ सदस्यीय दौड सञ्चालन समिति गठन गरिएको थियो । महासंघका सदस्य बाबुराजा श्रेष्ठलाई रेस डाइरेक्टरको जिम्मेवारी लिनु भएको थियो । दौड सञ्चालन गर्न करिब १४ लाख २५ हजार रुपैयाँ खर्च भएको महासंघका सदस्य सूर्यबहादुर बुढाथोकीले जान्कारी गराउनु भएको थियो छ ।

Capture 12

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस