
अनुज पछाई,काठमाडौँ
असार–१३ बिहिबार ।।
आगामी श्रावण महिनाभर पशुपति क्षेत्रमा सञ्चालन हुने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ एंव १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ को अवसरमा २१ हजार ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले कोटिहोम महायज्ञको अवसरमा २१ हजार भन्दा बढी ज्येष्ठ नागरिकको सम्मान गरिनुको साथै समाजका शारिरीत अशक्ता हुनुभएका व्यक्तिहरुको सम्मान गरिने कार्यक्रम रहेको छ ।
मानव सेवा फाउण्डेसनले आयोजना गर्ने गरेको हरेक महायज्ञको कार्यक्रममा सयौ ज्येष्ठ नागरिकहरुलाई सम्मानको कार्यक्रम गरिरहेको हुन्छ । त्यस्तै समाजमा बिशेष योगदान दिनुभएका सामाजिक संघ सस्था,धार्मिक सस्था,शैक्षिक संस्था,जनप्रतिनिधी पत्रकार आदिलाईविशेष अभिनन्दन गरिने कार्यक्रम पनि रहेको आयोजकले जानकारी दिएको छ ।