
अनुज पछाई,काठमाडौँ
असार–१३,बिहिबार ।
सामाजिक,धार्मिक तथा वातावरणीय क्षेत्रमा अतुलनिय कार्य गर्दै आएको श्री मानव सेवा फाउण्डेसनले शुक्रबार पशुपति क्षेत्रमा वृहत सरसफाई कार्यक्रमको आयोजना गरेको छ । फाउण्डेसनको आयोजनामा आगामी श्रावण महिनामा आयोजना हुन लागेको ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ एंव १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको पूर्व सन्ध्याको अवसरमा पशुपति क्षेत्र सरसफाई कार्यक्रमको आयोजना गरिएको मानव सेवा फाउण्डेसनले जानकारी दिएको छ ।
पशुपति बिकास कोषसँगको सहकार्यमा असार १४ गते शुक्रबार पशुपति क्षेत्रको सरसरफाई कार्यक्रम रहेकाले उक्त कार्यक्रममा स्वयम सेवकको रुपमा सहभागी भएदिनुहुनको लागि पनि मानव सेवा फाउण्डेसनले बिभिन्न धार्मिक तथा सामाजिक संघससथालाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस