
अनुज पछाई,काठमाडौँ ।
असार–२५,मंगलबार ।
काठमाडौमा बुधबार (भोलि) रिक्सा र्याली हुने भएको छ । मानव सेवा फाउण्डेशनले आयोजना गरेको ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको पूर्व–सन्ध्याको पावन अवसरमा रिक्सा र्यालीको आयोजना गरिएको आयोजक मानव सेवा फाउण्डेशनका र्याली संयोजक सन्तोष भुषालले जानकारी दिएका छन ।
कोटिहोम महायज्ञको प्रचारप्रसार सँगै धार्मिक जागरण,सनातन धर्मको अस्तित्व रक्षा तथा धार्मिक सहिष्णुताको बिकास,शान्तिको सन्देश प्रवाह तथा युवाहरुलाई धर्म अनि सस्कृती र संस्कारमा जोडनको लागि साथै विश्व कल्याणको कामना गर्नको लागि महायज्ञको पूर्वसन्ध्याको अवसरमा ट्याक्सि ¥यालीको कार्यक्रम आयोजना गरिएको याली संयोजक तथा मानव सेवा फाउण्डेसनका व्यबस्थापक भुषालले जानकारी दिएका छन ।
काठमाडौमा अहिले रिक्सा लोप हुँदै गएको छ । पर्यटकको रोजाइमा पर्ने रिक्सालाई बचाउनको लागि पनि रिक्सा यार्लीको कार्यक्रम तय गरिएको आयोजकको भनाई छ ।
मानव सेवा फाउण्डेशनले पशुपति मन्दिर क्षेत्रको हंशमण्डप वनकालीमा यहि साउन १ गतेदेखि ३२ गतेसम्म ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको आयोजना गरेको छ । महायज्ञको प्रमुख लक्ष्य ललितपुरको बाँडेगाँउमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको ताथलीमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण आदि रहेको छ ।