जीवनशैली

हजारौँ भक्तजनहरुको उपस्थितिमा सम्पन्न भयो बिशाल शोभा कलश यात्रा

451330978 497829862753826 2710527471791523866 n

एनएमबि न्युज डेक्स,काठमाडौँ ।
श्रावण १,मंगलबार ।

इतिहासकै रेकर्ड ब्रेक गर्ने गरि शोमबार काठमाडौँमा बिशाल कलश यात्रा सम्पन्न भएको छ । ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ एंव १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ को पूर्व सन्ध्यामा आयोजना गरिएको बिशाल कलश यात्रा पशुपतिमा सम्पन्न भएको हो ।

नेपालकै इतिहासमा भक्तजनहरुको अत्यधिक उपस्थितीको हिसावले बिशाल शोभा कलश यात्रा नेपालकै हालसम्मकै बिशाल मानिएको छ । शोभा कलश यात्रामा उपत्यका तथा उपत्यका बाहिरका करिब १० हजार भक्तजनहरुको सहभागिता रहेको थियो ।

पशुपति कोटिहोम महायज्ञका संकलपकर्ता वालयोगेश्वर विजय कृष्ण मूर्ती जी महाराजको अध्यक्षतामा सुरु भएको कलश यात्राको कार्यक्रममा पशुपति बिकास कोषका सदस्य सचिव डा मिलन कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो । साथमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मि कुँवर लगायत अन्य सामाजिक संघ सस्थाका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । त्यस्तै प्रसिद्ध कथा वाचिका राधिका दासी माता र अन्तराष्टिय कथा वाचिका देवी प्रतिभा जीको पनि सहभागीता रहेको थियो ।

एक युगमा एक पटक एतिहासमै पपिहलोपट आयोजना भएको ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ श्रावण १ गते देखि ३२ गते सम्म पुरै एक महिना सम्म सञ्चालन हुने छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस