समाचार

लियो जिल्ला परिषद्को प्रशिक्षण कार्यक्रम सम्पन्न

a53eb038 4a5c 46f0 8402 44922b1d26b8

एनएमबि न्युज डेक्स,काठमाडौँ ।
श्रावण १,मंगलबार ।

लियो जिल्ला परिषद् ३२५ जे नेपालको, बाग्मती क्षेत्रमा रहेका लियो क्लब पदाधिकारी तथा सदस्यहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ! यहि असार २९ गते काठमाडौंको मनास्लु कलेजमा उक्त क्षेत्रका झण्डै १५० जना लियो पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको कुरा जिल्ला परिषद्का प्रवक्ता लियो विजय त्रिपाठीले जानकारी दिनुभयो! कार्यक्रमको सभापतित्व जिल्ला परिषद्का बर्ष २०२४/२५ का उपाध्यक्ष तथा तालिम प्रशिक्षण प्रमुख लियो बालकृष्ण परियारले गर्नुभएको थियो भने प्रमुख अतिथी लायन अन्तर्राष्ट्रिय ३२५ जे नेपालका प्रथम उप जिल्ला गभर्नर लायन मिलनबाबु मल्ल रहनुभएको थियो! लियो जिल्ला परिषद् अध्यक्ष लियो सबिन भट्टराई उपस्थित कार्यक्रममा क्लबका अध्यक्षहरुलाई प्रशिक्षण लियो जिल्ला परिषद् ३२५ बि १ नेपालका पूर्वअध्यक्ष लियो प्रकाश थापा क्षेत्रि, सचिवहरुलाई प्रशिक्षण लायन अन्तर्राष्ट्रिय ३२५ जे नेपालका Co-Chief Advisor लायन आरबि अधिकारी, कोषाध्यक्षहरुको प्रशिक्षण लायन अन्तर्राष्ट्रिय ३२५ जे नेपालका क्षेत्र प्रमुख लायन टिका कार्की, PRO, Tamer र Tail Twister को प्रशिक्षण लियो जिल्ला परिषद् ३२५ जे नेपालका अध्यक्ष लियो सबिन भट्टराई र अन्य पदाधिकारी तथा क्लबका सदस्यहरुको प्रशिक्षण जिल्ला उपाध्यक्ष लियो बालकृष्ण परियारले गर्नुभएको थियो! कार्यक्रममा Keynote Speaker को रुपमा Motivational Speaker रोहित मल्लले आफ्नो महत्त्वपूर्ण प्रशिक्षण प्रदान गर्नुभएको थियो! कार्यक्रमको सञ्चालन लियो जिल्ला परिषद् ३२५ जे नेपालका तालिम प्रशिक्षण सचिव लियो माधव फुयालले गर्नुभएको थियो! उक्त कार्यक्रमको संयोजन लियो क्लब अफ काठमाडौं मिलनका अध्यक्ष लियो अबिनास श्रेष्ठले गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस