जीवनशैली

पशुपति कोटिहोम महायज्ञको पहिलो दिनमै विशाल जनसागर

451420830 400718479658733 5865348531763756143 n

अनुज पछाई,काठमाडौँ ।
श्रावण १ मंगलबार ।

ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ विधिवत रुपमा सुरु भएको छ । यहि श्रावण महिनाभर सञ्चालन हुने कोटिहोम महायज्ञको मंगलबार एक कार्यक्रमको विचमा उदघाटन पनि गरिएको छ । साथमा श्री शिवमहापुराण र श्रीमद्भागवतको कथा प्रवचन पनि सुरु भएको छ ।
कोटिहोम महायज्ञको पहिलो दिन नै भक्तजनहरुको बिशाल जनसागर नै देखिएको थियो । कोटिहोममा पहिलो दिन नै करिब ५ हजार बढी भक्तजनहरुको सहभागीता रहेको थियो ।

मानव सेवा फाउण्डेसनका संस्थापक तथा पशुपति श्री कोटिहोम महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ती जी महाराजको अध्यक्षतामा सुरु भएको उक्त कोटिहोम महायज्ञमा पशुपति मन्दिरका प्रमुख राहुल गणेश भट्टको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै सांसद शेर बहादुर कुवँर,ज्ञान बहादुर शाही,पशुपति बिकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा,किरात धर्मगुरु डा. चन्द्र कुमार शेर्मा लगायत लामा गुरु,बौद्ध धर्म गरु लगायत सयौ मिडिया र अन्य सामाजिक संघसस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

त्यस्तै उदघाटनको दिनबाट नै सुप्रसिद्ध कथा वाचिका राधिका दासीले श्री शिवमहापुराण र देवी प्रतिभाले श्रीमद्भागवतको कथा पनि सुभारम्भ गरेका छन । अब दैनिक निरन्तर बिहान ८ बजे देखि २ बजे सम्म कथावाचिका दासी र दिउसो २ बजे देखि ७ बजेसम्म देवी प्रतिभाले कथा प्रवचन गर्ने छिन ।
त्यसको साथै रुद्रि पाठ,१८ पुराण पाठ,१०८ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ पनि सुरु भएको छ । कैलाश डाडाँमा हवनको कर्म नियमित सञ्चालन भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस