
जीवनमा हिम्मत गर्नु, आट गर्नु सबैभन्दा ठूलो कुरा हो । भगवानले हर व्यक्तिलाई भन्नुहुन्छ रे, तिमी आट म पुरा गरिदिन्छु । आट गर्ने मान्छे सफल भएर छोड्छ भन्ने कुराको उदाहरण बनेका छन वालयोगेश्वर विजयकृष्ण मूर्ती जी महाराज ।
विगत १७ बर्ष देखि सामाजिक,धार्मिक तथा आध्यात्मिक क्षेत्र सँगै गरिब,दुखी असाय तथा अनाथहरुको नाथ बन्दै सेवाको क्षेत्रमा ठूलो योगदान गर्दै आएका विश्वबिख्यात कथावाचक वालयोगेश्वर महारले अहिले नेपालकै इतिहासमा हालसम्मकै ठूलो कोटिहोम महायज्ञ आयोजना गरेर एउटा ऐतिहासिक कर्म गरेका छन ।
एक व्यक्तिको आटमा हुन सम्भव नदेखिएको यस्तो बिशाल कार्य गरेर अहिले नेपाल मात्र नभएर देश तथा विदेशको दृष्टि एकिकृत गर्न सकेका छन ।
एक ३५ बर्षिया युवा जस्ले आफ्नो बारेमा भन्दा पनि समाज,देश,धर्म,सस्कृतीको बारेमा बढी सोच्ने गर्दछ । एउटा यस्तो युवा जस्लाई कसैको दुख देख्न नपरोस् भन्ने सोच्दछ , एउटा यस्तो युवा जस्ले सबै युवाहरुलाई सत्मार्ग देखाउनको लागि अनेक उपायहरु मात्र सोचिरहेको हुन्छ । हो, नेपाललाई माया गर्ने नेपालआमाको सच्चा सुपुत्र बनेका छन् वालयोगेश्वर विजय कृष्ण मूर्ती जी महाराज ।
आर्थिक अभावको कारण उपचारबाट बन्चित भएका हजारौं व्यक्तिहरुलाई सक्दो आर्थिक सेवा गरेर नयाँ जीवन दिन पुग्छन वालयोगेश्वर महाराज,बिद्यालय निर्माण,स्वास्थ्य संस्था निर्माण,वातावरणको संरक्षण तथा मठमन्दिरको बिकास र बिस्तारको क्षेत्रमा सधैव सोचिरहने र पहलकदमी गर्ने उनै एक नेपाल आमाको पुत्र हुन वालयोगेश्वर महाराज ।
फक्रिन नपाउदै कोपिलामा नै दैवले अभिभावक सधैको लागि कहिल्यै नभेटने गरि लगेपछि शाहाराको खोजिमा छटपटि रहेका कयौन बालबालिकाको लागि सुनौलो भविष्य निर्माणार्थ हरदिन लागिपरिरहेका हुन्छन वालयोगेश्वर विजयकृष्ण मूर्ती जी महाराज । अहिले पनि देशभरका करिब ८५ जना बालबालिकाले उनै महाराजको छत्रछाँयामा रहेर आफ्नो सुनौलो भबिष्य कोरिरहेका छन । उनै महाराज हजारौँ अभिभावक विहिन बालबालिकाको मामा बनेर सेवा गर्ने पुण्य कर्ममा लागिपरेका छन ।
उनै महाराज अपहेलीत,वेसाहारा आमाबुवाको लागि सुन्दर छाहारी बनेका छन । उनकै मातहतमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा रहेको छ । अहिले पनि दर्जनौ सडमा रहेका आमाबुवाहरुले निःशुल्क आफ्नो छोरीको जस्तै स्याहार सुसाहार पाईरहेका छन ।
उनै बालबालिकाकाको सुनौलो भविष्य निर्माणको लागि अनि उनै अपहेलित आमाबुबाहरुलाई सुनौलो संसारमा बाच्ने आधार निर्माण गर्नको लागि महाराजको अब एउटा मात्र उद्देश्य रहेको छ । भवन निर्माण गर्ने र हजारौ बालबालिकार र ज्येष्ठ नागरिकहरुको लागि नयाँ जीवन विनाउने ।
त्यसैले वालयोगेश्वर महाराजको यस प्रकारको पुनित संकल्पमा हामी सबै एक भएर उठन जरुरी छ । पशुपति कोटिहोम महायज्ञलाई सफल बनाउन अनावश्यक तथ्यहिन मिडियाबाजी गर्न भन्दा सफल बनाउने आवस्यक सल्लाह सुझाव दिन सकेको खण्डमा देश बिकासको एउटा मार्ग निर्माण हुने छ ।
लेखकः अनुज पछाई