धर्म-संस्कृति / रितिथिति

वालायोगेश्वर महाराजलाई हौसला दिदै जगतगुरु सिद्धबाबा श्रीकृष्णदास महाराजले भने –“हात्ति चले बजार तो कुत्ता भुके हजार”

guru front

अनुज पछाई,काठमाडौँ
श्रावण २२ मंगलबार ।।

गत असार २८ गतेदेखि विधिवत रुपमा सञ्चालन भइरहेको ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ नियमित रुपमा देशका राजनेता देखि लिएर देश तथा विदेशका साधु सन्त तथा विभिन्न धर्म गुरु र सामाजिक तथा धार्मिक संघसस्थाका व्यक्तित्वहरुको सहभागिता भइरहेको छ ।
यसैक्रममाः चर्चित अनन्त श्री विभुषित जगतगुरु महायोगी सिद्धबाबा श्रीकृष्णदास महाराजको पनि सोमबार पशुपति कोटिहोम महायज्ञमा सहभागि भई आर्शिवचन राखेका थिए । कोटिहोम महायज्ञमा आयोजकको निमन्त्रणा स्वीकार्दै उपस्थित भएका जगतगुरु महाराजले महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजयकृष्ण मूर्ती जी महाराजको मुक्तकण्ठले प्रसंशा गरेका थिए ।

gagat 1

आशिर्वचनकै क्रममा कोटिहोमका प्रमुख संकल्पकर्ता वालयोगेश्वर विजय कृष्ण मूर्तीजी महाराजको बारेमा अनन्त श्री विभुषित जगतगुरु महायोगी सिद्धबाबा श्रीकृष्णदास भने–“आफ्नो देशमा बसेर नेपाली धर्म र सस्कृतिकको जागरणका लागि यस्ता ठूला कार्य गरिरहेका वालयोगेश्वर नेपाल आमाको सच्चा सुपुत्र हुन् । सानै उमेरमा धेरै उतारचडाप हुँदा पनि नडगमगाई मातृ भूमिको सेवाको लागि सधै चिन्तित रहने वालयोगेश्वर महान पुरुष हुन् ।”

आर्शिवचन दिने क्रममाः धेरै पटक वालयोगेश्वर महाराज नेपाल आमाको सच्चा सुपुत्र रहेको उल्लेख गरेका उनले भने वालयोगेश्र महाराज साच्चिकै प्रशंसा गर्न योग्य व्यक्ति हुन म आज प्रसंसा गर्छु ।
त्यस्तै देशमै रहेर धर्म र संस्कृतिको रक्षा गर्ने र देशमै रहेका चारपाँच हजार युवाहरुलाई एकिकृत गर्नु तथा धर्म संस्कृतिको जनजागरण गर्नु भनेको सानो कुरा नभएको पनि आशिवचनकै क्रममा उल्लेख गरेका थिए ।

jagat

त्यस्तै अपवाह फैलाउने प्रयास गर्ने सञ्चार माध्यमलाई व्यङ्ग्य गर्दै महाराजले भने “मिडिया सञ्जाल चलाउने मित्रहरु तपाईहरुले राष्टलाई माया गर्ने एक सुपुत्रको बारेमा कलम चलाएर धेरै धन कमाउनुभयो,अब आउनुहोस् पशुपति कोटिहोम महायज्ञमा आएर दान गर्नुहोस्,खर्च गर्नुहोस् ।”
त्यस्तै आर्शिवचन दिने क्रममाः उनले भने वालयोगेश्वरको वारेमा जस्ले जेजे भने पनि म नजिकबाट चिनेको छु,नजिकबाट नियालेको छु । वहाँलाई देशको माया छ । धर्मको माया छ । सँस्कृतिको माया छ । यस्तो माया गर्ने व्यक्तिलाई धृणा गर्दछन । तर नडराउनु अगाडी बडनुस् ।
त्यस्तै वालयोगेश्वर महाराजलाई हौसला प्रदान गर्दै उनले भने कत्तिपनि नडगवनाउनु यत्ति बुझ्नु हात्ति चले बजार तो कुत्ता भुके हजार ।।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस