जीवनशैली

पशुपति कोटिहोममा हातपात भएको भनिएका पत्रकार र आयोजकबीच सहमतिः आयोजकले हातपात नगरेको छानबिन समितीको निश्कर्ष

1399a46c e273 4949 9d1f 4c164f8a587c

अनुज पछाई,काठमाडौँ ।
श्रावण २२ मंगलबार ।

केहि दिन अगाडी पशुपति कोटिहोम महायज्ञमा समाचार संकलन गर्न गएका केहि पत्रकारहरु माथी हातपात भएका भनिएका पत्रकार र आयोजक मानव सेवा फाउण्डेसन विच मिलापत्र भएको छ । पिडित रहेका पत्रकारको माग अनुसार आयोजकले छानविन समिती गठन गरेर छानबिन गर्दा पत्रकारमाथी हातपात गर्ने गिरोहमा आयोजक समितीका कुनै पनि सदस्यहरुको हात नभएकाले आगामी दिनमा पत्रकामाथी कुनै प्रकारको घटना नघटने सर्त अनुसार नै दुईपक्षबीचको सहमतीमा नै मिलापत्र भएको आयोजक मानव सेवा फाउण्डेसनका अध्यक्ष तथा पशुपति कोटिहोम महायज्ञका मुल संकल्पकर्ता वालयोगेश्वर विजय कृष्णमूर्ती जी महाराजले जानकारी दिएका छन ।

24e36b90 8510 46bd ba01 3992e78821e6
पत्रकार र आयोजक दुई पक्ष बिचको सहमतीमा नै मेलमिलाप भएको हो । सनिबार लोकतन्त्र टाइम्सका पत्रकार प्रिन्स मिश्र र उक्त अनलाइनका क्यामेरा पर्सन अखिल मिश्रमाथि निर्घात कुटपीट भएको समाचार प्रकाशन प्रशारण भएलगात्तै महायज्ञका संकल्पकर्ता वालयोगेश्वर महाराजले उक्त घटनामा दुःख व्यक्त गर्दै आन्तरिक छानविन समिती गठन गरेका थिए । अन्ततः उक्त हातपात गर्ने गिरोह आयोजकको नभएको प्रतिवेदन पुष्टि भएपछि पत्रकार र आयोजकबिच अब नियमित साबिक जस्तै सहकार्यमा कार्य गर्ने सहमती भएको हो ।
त्यस्तै राष्टको चौथो अंगमाथी भएको यस प्रकारको अमानविय गतिविधिमा संलग्न रहेका गिरोहको छानविन भइरहेको र कार्यक्रम स्थलको थप सुरक्षा व्यबस्था अपनाइएको पनि संकल्पकर्ता वालयोगेश्वर महाराजले बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस