समाचार

राष्ट्रिय महिला भलिवल टोलिलाई मानव सेवा फाउण्डेसनले गर्याे नगद सहित सम्मान

fromt

अनुज पछाई,काठमाडौँ
श्रावण २८,सोमबार ।

काभा महिला भलिबल नेसन्स लिगको उपविजेता बनेको नेपाली टोलीलाई मानव सेवा फाउण्डेसनले नगदसहित सम्मान गरेको छ । सोमबार मानव सेवा फाउण्डेसनको आयोजनामा सञ्चालन भइरहेको ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ एंव १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा खेलाडीलाई आमन्त्रण गर्दै सम्मान गरेको हो ।
मानव सेवा फाउण्डेसनले प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजरलाई नगदसहित सम्मान तथा अभिनन्दन गरेको हो ।

454901616 8229579363775184 4894544305950408176 n
खेलाडीहरुलाई नगद रु ५ लाख ५१ हजार सहित खेलाडीलाई सम्मान तथा अभिनन्दन गरिएको महायज्ञका संकल्पकर्ता तथा फाउण्डेसनका अध्यक्ष वालयोगेश्वर विजय कृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन ।
फाउण्डेसनले नेपाली टिमकी क्याप्टेन अरुणा शाहीसहित खेलाडीहरु निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ ।

454739851 8229579217108532 2245548154970310956 n

त्यस्तै, व्यवस्थापक निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादवलाई पनि सम्मान गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्ड हलमा बुधवार भएको खेलको फाइनलमा आयोजक नेपाललाई पराजित गर्दै भारतले उपाधि जितेको थियो ।

 

454932498 8229574470442340 4189223532994793303 n

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस