जीवनशैली

वालयोगेश्वर विजय कृष्णमूर्ती जी महाराजलालाई प्रदान गरियो यज्ञशिरोमणी राष्ट्रगुरुको उपाधि

455346613 517306700806142 3494258430898708977 n

 

अनुज पछाई,काठमाडौँ
श्रावण २९, बुधबार ।

हाल पशुपतिमा सञ्चालित ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय कृष्णमूर्ती जी महाराजलाई यज्ञशिरोमणी राष्ट्रगुरुको उपाधिबाट सम्मान गरिएको छ । राष्ट्रमा रहेका ३ ओटा धार्मिक तथा सामाजिक राष्ट्रिय सस्थाले वालयोगेश्वर महाराजलाई यज्ञशिरोमणी राष्ट्रगुरुको प्रमाणपत्र प्रदान गरेका छन ।
राष्ट्रिय ज्योतीष विज्ञान सेवा समिती नेपाल,नेपाल श्रीकृष्ण ज्योति संजिवनी तुलसी सेवा समिती र राष्टिय ज्योतिष विज्ञान संजिवनी यज्ञशालाले सामूहिक रुपमा वालयोगेश्वर महाराजलाई यज्ञशिरोमणी राष्ट्रगुरुको उपाधिबाट सम्मान गरेको हो ।
नेपालको हितार्थःराष्ट्रकल्याण,विश्व शान्ति,मानव एकता,बैद्धिक सनातन धर्म जागरणमा महत्वपूर्ण सेवा पुर्याउनुभएकोमा अभिनन्दन सहित उपाधि प्रदान गरिएको हो ।

त्यस्तै राष्ट्र र परराष्ट्रका धर्मगुरुजन,विद्धान विदुषी,संगितीय यज्ञचार्य ,होत्रादी गुरुहरु बिभिन्न तहमा सेवा गर्नेमहानुभाव तथा लाखौ लाख भक्तजनहरुको सहभागिता जुटाई अद्धितीय महायज्ञ पूर्ण गराउनुभएकोमा बधाई तथा शुभकामना सहित यज्ञशिरोमणी राष्ट्रगुरु उपाधि समर्पण अभिनन्दन गरेको हो ।
त्यस्तै ऐतिहासिक कोटिहोम महायज्ञको अतिरिक्त मानव सेवामा संलग्न दजैनौ संघसस्थालाई ऐक्यताबद्धता गर्दै जातिभेद तथा लिंगभेद माथी उठेर राष्ट्रकल्याण,विश्व शान्ति,मानव सेवामा समर्पित हुदै नेपाल राष्ट्रको गरिमा अभिबृद्धि गराएकोमा वालयोगेश्वर विजयकृष्ण मूर्ती जी महाराजलाई सामूहिक अभिनन्दन गरिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस