
अनुज पछाई,काठमाडौँ
भाद्र–४,मंगलबार ।
यज्ञ शिरोमणी राष्ट्र गुरु वालयोगेश्वर श्री विजय श्रीकृष्ण मूर्ती जी महाराज यस्ता व्यक्ति हुन जस्ले कसैको आशु देख्न सक्दैनन् । ठूलालाई आदरसम्मान अनि सानोलाई माया गर्न जानेका यज्ञशिरोमणी बालयोगेश्वर महाराजलाई यो पनि थाहा छैन कुन ठूलो जात कुन सानो जात । निरन्तर राष्ट्र,धर्मसस्कृती अनि देशको मायालाई शिरोपण गर्दै विगत १७ बर्षदेखि सामाजिक सेवामा लागेका उनि अहिले देश तथा विदेशमा चर्चित पनि रहेका छन ।
दलित समूदायका व्यक्तिले सस्कृत पढछन भन्ने कुरा त्यति हाम्रो समाजमा सुनिने गरेको छैन । अझ भनौ दलित समूदायका व्यक्ति नै आफै आट गरेको देखिदैन । दलित समूदायबाट सस्कृत अध्ययन गरेर आचार्य गरेका कृष्ण दमाई जस्ता व्यक्तिलाई नत समूदायले चिन्यो नत कुनै राष्ट्रले नै चिन्यो ।
हो उनै कृष्ण दमाईलाई चिन्यो त केवल उनै विशाल दिलका यज्ञशिरोमणी वालयोगेश्वर महाराजले मात्र । नेपालकै इतिहासमा हालसम्मकै ठूलो ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञमा उनै आचार्य गरेर आफ्नो प्रमाणपत्र हेरेर दिन विताईरहेका एक निम्न वर्गिय दलितको छोरालाई कोटिहोममा ब्रह्माणका छोराछोरीहरुले प्रवचन गरिरहेको व्यासमा बसालेर देश तथा विदेशमा चिनाउने कर्म पनि उनै वालयोगेश्वर महाराजले गरेका छन ।
यसैविचमा आचार्य कृष्ण दमाई निम्न वर्गिय परिवारमा हुर्किएका व्यक्ति हुन् । उनको अवस्था अहिले पनि नाजुक नै रहेको छ । आचार्य गरेका कृष्ण दमाईको भित्री पिडा कसैले बुझ्न सकेको छैन् । उल्टैकतिपयले त कुरा काटिरहेको पनि भेटिन्छ । उनि केहि समय अगाडी एक अन्तवार्ताको क्रममाः आफ्नो पारिवारीक अबस्था बारे कुरा गर्दा आशु झारेका छन् । उनको यो भित्री पिडाको आशु कसैले देख्न सकेन् । उक्त आशु पनि उनै बालयोगेश्वर महाराजले नै देखे । अन्ततः कृष्ण दमाईलाई केहि राहत होस् भन्ने हेतुका साथमा नगद रु १ लाख सहयोग गरेका छन् । उनले आफ्नो फेसवुकमार्फत अन्य सहयोगि मनलाई सहयोग गर्नको लागि पनि आग्रह गरेका छन ।
उनले फेसबुक पेजमा लेखेका छन –
आचार्य कृष्ण दमाई पुज्य गुरुदेव कुनै media मा गई आर्थिक अभावका कारण रुनुभएको खबर प्राप्त गरेपछि मलाई असह्य भयो र भर्खरै वहाँसँग मैले फोनमा कुरा गरेँ साथै रु १ लाख वहाँलाई पठाउने निधो गरेकोे छु। वहाँलाई सेवा गर्न इच्छा भएमा वहाँको नम्बर ९८४७५०९६४८ मा सम्पर्क गर्नुहोला ।