मुख्य समाचार

लायन्स क्लव अफ काठमाडौँ इमाडोलले गर्याे खुमालटारको विद्यालयका १६५ बिद्यार्थीलाई हेल्थ प्याक स्टेशनरी र झोला वितरण

IMG 2929

अनुज पछाई,काठमाडौँ ।
भाद्र–५,बुधबार ।

लायन्स क्लव अफ काठमाडौँ इमाडोलले खुमालटारमा रहेको एक बिद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई हेल्थ प्याक,स्टेशनरी र झोला वितरण गरेको छ । खुमालटारमा रहेको श्री मोति विनायक आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई हेल्थ प्याक स्टेशनरी सहित झोला वितरण गरेको हो ।

IMG 2943

बिद्यालयमा अध्यनरत करिब १६५ बढी विद्यार्थीहरुलाई उक्त सामग्रि हस्तान्तरण गरेको क्लवका उपाध्यक्ष राम हुमागाइले जानकारी दिएका छन । बाल विकास देखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई उक्त सामग्रि हस्तान्तरण गरिएको हो ।
आफ्नो बिद्यालयमा आएर लायन्स क्लवले सामग्रिहरु दिएकोमा विद्यार्थीहरु पनि निकै उत्साहित र खुसी पनि देखिएका थिए । त्यस्तै बिद्यालयकी प्रध्यानाध्यापक लक्ष्मि कार्कीले पनि खुसी ब्यक्त गर्दै लाएन्स क्लवलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेकी छन ।

IMG 2922

त्यस्तै विगत लामो समयदेखि नै लाएन्स क्लवले बिद्यालयमा अध्यनरत विद्यार्थीहरु तथा अन्य विकट स्थानमा पुगेर सेवाको कार्य गर्दै आएको बताउदै जोन चियर म्यान पार्वती बन्जाडेले खुमालटारको उक्त बिद्यालयमा सेवा गर्न पाउदा पनि निकै खुसी लागेको बताएकी छन ।

IMG 2909
त्यस्तै सामाजिक तथा धार्मिक कार्यक्रममा नियमित स्वयमसेवकको कार्य गरिरहेको बताउदै लाएन्स क्लव अफ काठमाडौ इमाडोलका सचिव मिलन रावलले आगामी दिनमा पनि नियमीत अन्य विद्यालयहरुमा पनि यस प्रकारको कार्यक्रमहरु तय भएको बताएका छन । विद्यालयमा उक्त सामग्री वितरण गर्नको लागि L C. OF KATHMANDU FELLOWSHIP ,L C. OF NEW GREEN CITY,L C. OF KATHMANDU OPAL CITY ले सहयोग पनि गरेका छन् ।

IMG 2913
कार्यक्रममा वार्ड अध्यक्ष शुरेश महर्जन संगै लाएन्स क्लवका प्रतिनिधी,बिद्यालयका शिक्षक,बिद्यार्थी र अभिभावकको उपस्थिती रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *