समाचार

मृगौला पिडितलाई “वालयोगेश्वर महाराज”को आर्थिक सहयोग

Gurdev Help

अनुज पछाई,काठमाडौँ
भाद्र–१०,सोमबार ।

विगत १७ बर्षदेखि सामाजिक तथा धार्मिक क्षेत्रमा रहेर मानव सेवाको कर्म गर्र्दै आएका यज्ञ शिरोमणी राष्ट्रगुरु उपाधि प्राप्त वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले ललितपुर जिल्लाको गोदावरी नगरपालिका वार्ड नं. ३ निवासी दिपक घलेलाई आर्थिक सहयोग गरेका छन् । लामो समयदेखि मृगौला रोगसंग सम्बिन्धि पिडित रहेका घलेलाई उपचारमा सहयोगार्थ नगद रु ५० हजार आर्थिक सहयोग गरेका छन् ।

दुबै मृगौल फेल हुदा पनि आर्थिक समस्याको कारण प्रत्यारोपण गर्न नसकेका घलेलाई स्वास्थ लाभको कामना सहित आर्थिक सहयोग गरेका छन् । वालयोगेश्वर महाराजले आर्थिक अभावको कारण उपचारबाट बन्चित भएका देशका धेरै ठाउँमा पुगेर सयौं व्यक्तिहरुलाई यस अघि पनि सहयोग गर्दै आएका छन् ।

भागवत कथा वाचकको माध्यमबाट परिचय स्थापित गरि समाज सेवामा लागेका वालयोगेश्वर महाराजले मानव सेवा फाउण्डेसन नामक संस्था स्थापना गरि मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालन गरिरहेका छन् ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस