
अनुज पछाई, काठमाडौँ ।
भाद्र–१०,मंगलबार ।
यज्ञ शिरोमणी राष्ट्रगुरु वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजलाई कास्की जिल्लाको पोखरामा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ । श्रवण महिनाभर पशुपति क्षेत्रमा एक महिने कोटिहोम सञ्चालन गरि सम्पन्न गरेका वालयोगेश्वर महाराजको धर्म प्रतिको माया तथा निरन्तर लामो सायदेखि सामाजिक,धार्मिक तथा आध्यातिमक क्षेत्रमा गरेको महत्वपूर्ण योगदानको मूल्याङकलन गर्दै हजारौं भक्तजनहरुको विचमा अभिनन्दन गरिएको हो ।
विश्व हिन्दु महासंघ कास्की पोखराले केदारेश्वर मन्दिरमा श्री कृष्ण जन्मअष्टमिको पावन अवसरमा पोखराको राष्ट्रिय गृहबाट विशाल शोभा कलश यात्रा गर्दै मन्दिर परिसमा एक कार्यक्रमको विचमा वालयोगेश्वर महाराज सँगै व्यास आचार्य किशोर कुमार गौतम,शंकर खराललाई सामूहिक रुपमा सम्मान तथा अभिनन्दन गरिएको हो ।
त्यस्तै वालयोगेश्वर महाराजले कास्कीमा रहेर धार्मिक क्षेत्रमा योगदान दिनुभएका सयौं व्यक्तिहरुलाई पशुपति कोटिहोम महायज्ञको मायाको चिनो पनि प्रदान गरेका छन ।