समाचार

पशुपति कोटिहोम महायज्ञको प्रसाद लिएर विभिन्न जिल्लामा पुगेका वालायोगेश्वर महाराजले गरे दर्जन धार्मिक तथा सामाजिक संघ संस्थाकोे स्तरउन्नतीका लागि आर्थिक सहयोग

457401666 462970950069245 3462068201677106113 n

अनुज पछाई,काठमाडौँ ।
भाद्र–१७,सोमबार ।

गत श्रावण महिनाभर पशुपति क्षेत्रमा आयोजना भएको नेपालकै हालसम्मको ठूलो ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको प्रसाद लिएर विभिन्न जिल्लामा पुगेका कोटिहोम महायज्ञका संकल्पकर्ता यज्ञ शिरोमणी वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले प्रसाद वितरणकै क्रममाः विभिन्न धार्मिक तथा सामाजिक संघसस्थाको स्तरउन्नतीको लागि आर्थिक सहयोग गरेका छन् ।

कास्की,स्याङजा,पाल्पा र गुल्मि जिल्लामा पुगेर पशुपति कोटिहोम महायज्ञमा सेवा र सहयोग गर्ने विभिन्न धार्मिक तथा सामाजिक संस्था तथा धार्मिक सामाजिक व्यक्तिहरुलाई सम्मान तथा कोटिहोमको प्रशाद अर्पण गर्न पुगेका वालयोगेश्वर महाराजले धार्मिक तथा सामाजिक संघ सस्थाको स्तर उन्नती र विकासका लागि आर्थिक सहयोग गरेका हुन् ।

वालयोगेश्वर महाराजले विश्व हिन्दु महासंघ कास्किलाई व्यवास्थापन तथा धार्मिक जागरणमा सहयोग पुराएकोमा सम्मान सहित नदग रु १ लाख ११ हजार १०० सहयोग गरेका छन् ।

त्यस्तै कृष्ण जन्माअष्टमीको पावन अवसरमा पोखरामा आयोजना भएको् २५ औं सस्करण कृष्ण भजन प्रतियोगितालाई नगद रु ५१ हजार, ताल बाराही सन्ध्या आरती पोखराको थप व्यवस्थापनको लागि रु ११ हजार १२० आर्थिक सेवा प्रदान गरेका छन् ।

त्यसैगरि श्री सन्त मुक्तिनाथ सेवा आश्रमको ५ स्थानमा सेवा प्रदान गरिरहनुभएका गुरुहरुलाई दक्षिणा स्वरुप ३० हजार , त्यस्तै गुप्तेश्वर महादेव गुफाको स्तरउन्नतीको लागि रु ५ हजार १०० आर्थिक सहयोग गरेका छन् ।

प्रसाद वितरणसंग धार्मिक क्षेत्रको तीर्थ यात्राको क्रममाः वालयोगेश्वर महाराजले पाल्पा जिल्लाको रम्मा गाउँपालिका १ मा रहेको श्री कालिगण्डकी गुरुकुलमको लागि सेवा सहयोग स्वरुप नगद रु २ लाख ५५ हजार ५५५ सहयोग गरेका छन् ।

त्यस्तै स्याङ्जा जिल्लाको भिरकोट नगरपालिका ४ मा अवस्थित प्रसिद्ध तीर्थस्थल छायाक्षेत्र शिव मन्दिर व्यवस्थापन समितीलाई मन्दिर व्यवस्थापनको लागि पनि नगद रु २५ हजार ,राष्ट्रिय परोपकार महासंघ नेपाललाई थप व्यबस्थापनका लागि १ लाख ११ हजार १११ र वैदिक धर्म परिषद कास्की विश्व हिन्दु महासंघ गण्डकी प्रदेश ज्येष्ठ नागरिक मिलन केन्द्रको लागि पनि वालयोगेश्वर महाराजले नगद रु २५ हजार आर्थिक सहयोग गरेका छन् ।

विगत १७ बर्षदेखि सामाजिक,धार्मिक तथा आध्यात्मिक क्षेत्रमा योगदान तथा सहयोग गर्दै आएका वालयोगेश्वर महाराजले लामो समय देखि सहयोगका कर्म गर्दै आएका छन् । उनकै नेतृत्वमा सेवा नै धर्म हो भन्ने मुल मन्त्रको साथमा स्थापना भएको मानव सेवा फाउण्डेसन नामक संस्था रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस