
सिम्रन खड्का, काठमाडौँ ।
भाद्र–१९ ,बुधबार ।
लियो क्लब अफ पिस थाहानगरको आयोजनामा भाद्र २२ गते सञ्चालन हुने १ दिने सेयर अभिमुखिकरण तालिमको तयारी पुरा भएको छ । शनिवार थाहा नगरको जेसीज हलमा हुने तालिमाको लागि नाम दर्ता गर्ने क्रम रहेको क्लवका सचिव अजय कार्कीले बताए । सचिव कार्कीले तालिममा १ सय जनालाई सहभागी गराईने भएकोले छिट्टै नाम दर्ता गराई सिट सुरक्षित गर्न ईच्छुक ब्यक्तिहरुलाई अनुरोध गरे । सेयर अभिमुखिकरण तालिमको नेपाली सेयर बजारका बिज्ञ सुबासचन्द्र भट्टराइले सहजीकरण गर्ने आयोजकले जानएको छ । भट्टराई लामो समयदेखि नेपाली सेयर बजारमा सक्रिय छन् । भट्टराइको अनुभव नयाँ लगानीकर्ता र सेयर बजारको बिषयमा चासो राख्नेहरुका लागि उत्प्रेरणा हुने भएकोले तालिमको आयोजना गरिएको क्लवका सचिव अजय कार्कीले बताए । शनिबार बिहान १० बजेदेखि तालिम सञ्चालन हुने भएकोले सो तालिममा सहभागिहुनको लागि ईच्छुक ब्यक्तिहरुलाई क्लवका अध्यक्ष शिशिरकुमार खत्रीले बताए । तालिममा सेयर सम्वन्धी आधारभूत ज्ञान, समसामयिक जानकारी र परामर्श दिइने भएकोले सेयरबजारका बिषयमा जानकारी लिन चाहने सबैको लागि तालिम उपयुक्त हुने क्लवका पूर्व अध्यक्ष कमल बिष्टले बताए । सेयर बजारमा लगानी गर्नुपूर्व बजार, कम्पनी लगायतको बरेमा बुझेर लगानी गर्दा प्रतिफल राम्रो हुने र सेयर बजारमा नयाँ लगानीकर्ताहरुलाई प्रोत्सहान गर्न तालिमको आयोजना गरिएको पूर्व अध्यक्ष बिष्टले बताए ।