
नेपालको इतिहासमा धर्मको जागरणको क्षेत्रमा वर्तमान परिपेक्षमा हलचलको वातावरण सिर्जना गर्ने विर पुरुषको रुपमा स्थापित भएका छन् । वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराज । विगत १७ बर्ष देखि अझ भनौ १५ बर्षको नावालको उमेर देखि नै धार्मिक सामाजिक तथा आध्यात्मिक क्षेत्रमा योगदान दिन सफल वालयोगेश्वर महाराजले श्रावण महिनामा सञ्चालन गरेको ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको आयोजना गरेर आफ्नो परिचयलाई थप चर्चाको शिखरमा पुराउन सफल भएका छन् ।
निरन्तर १७ बर्षदेखि जीवनको उकालो ओरालोमा घाम पानी नभनी सेवाको क्षेत्रमा लागेका वालयोगेश्वर महाराजले सयांै उत्कृष्ट कर्महरु गरेका छन् । त्यसमध्य हालसम्म गरेका १० उत्कृष्ट कार्य के के छन त ?
१.मानव सेवा फाउण्डेसनको स्थापना र सेवा
सानै देखि सेवाको क्षेत्रमा आफुलाई समर्पित गरेका वालयोगेश्वर महाराजले आफ्नै संकल्पमा मानव जातीको सेवा गर्नकै लागि मानव सेवा फाउण्डेसन नामक संस्था स्थापना गरे । फाउण्डेसनले हाल काठमाडांैको कलंकीबाट आफ्नो सेवा प्रदान गरिरहेको छ । आर्थिक अभावको कारण उपचारबाट बन्चित भएका गरिव दुखीहरुलाई सहयोग संकलन गर्ने देखि लिएर विभिन्न धार्मिक कार्यक्रममा निःशुल्क स्वास्थ्य सिविर तथा सरसफाईका कार्यक्रमहरु नियमित रुपमा यस संस्थाले गरिरहेको छ । साथै देशमै ठूलाठूला यज्ञको आयोजना गर्ने र सहकार्य गर्ने कार्य पनि मानव सेवा फाउण्डेसनले स्थापना काल अथवा विगत १० बर्ष देखि गर्दै आइरहेको छ ।
२. मामाघर आश्रमको स्थापना
वालयोगेश्वर महाराजले कसैको दुख देख्न सक्दैनन् । सबै प्रकारका दुखलाई सहजै महसुस गरेर सेवा गर्ने वालयोगेश्वरले अभिभावक विहिन वालवालिकाको लागि मामाघर आश्रम सञ्चालन गरेका छन । अहिले उक्त आश्रम ललितपुर जिल्लाको गोदावरी नगरपाकिला वाँडेगाउँमा अवस्थित रहेको छ । स्थापनको करिब २ बर्ष पुग्दै गर्दा अहिले देशभरका करिब ९० जना अभिभावक विहिन बालबालिकालाई निःशुल्क गासबाँस र कपासको व्यवस्थापन उनै वालयोगेश्वर महाराजले गरेका छन् । अहिले उक्त मामाघर आश्रमको भवन निर्माणको लागि महाराज दिनरात लागि परिरहेका छन् ।
३.छोरीको घर ज्येष्ठ नागरिक आश्रमको स्थापना
सडक पेटिमा रहेका आमाबुवा जो आधारभुत आवस्यक्ताबाट पनि बन्चित रहेका छन्,त्यस प्रकारका ज्येष्ठ नागरिक आमाबुवाहरुलाई सेवा गर्नको लागि उनै वालयोगेश्वर महाराजले छोरीको घर ज्येष्ठ नागरिक आश्रमको स्थापना गरेका छन् । भक्तपुर जिल्लाको चाँगुनारायण ताथलीमा छोरीको घर स्थापना गरि अहिले पनि दर्जनौ आमावुवाहरुले निःशुल्क रुपमा सेवा प्राप्त गरिरहेका छन् । हजारौं अपहेलित तथा आभारभुत आवस्यक्ताबाट बन्चित आमा बुवाहरुको सेवा गर्नको लागि वालयोगेश्वर महाराजले छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माण गर्नको लागि निरन्तर पहलकदमी गरिरहेका छन् ।
४.ऐतिहासि पशुपति कोटिहोमको आयोजना
नेपालकै इतिहासमा हालसम्मकै ठूलो र व्यबस्थित ऐतिहासिक पशुपति कोटिहोम आयोजना गरेर उनै वालयोगेश्वर महाराजले नेपालको धार्मिक क्षेत्रमा इतिहास रचेका छन् भन्दा फरक नपर्ला । २०८१ सालको श्रावण महिनाभर पशुपति क्षेत्रमा कोटिहोम महायज्ञ आयोजना गरेर विश्वभरीका सनातनी धर्महरुको ध्यान एकिकृत गर्न सफल भए । नेपालमा सनातनी धर्ममा आस्था राख्ने व्यक्तिको एक प्रकारको शक्ति पनि देखाउने मौका पनि उनै वालयोगेश्वर महाराजले गरे । करिब १ करोड हिन्दु सनातनीह्रुले उक्त कोटिहोमको दर्शन गरे देश तथा विदेशबाट उक्त कोटिहोम दर्शन गर्न भक्तजनहरुको उपस्थिती रहयो । नेपालको धार्मिक अध्यायमा आफ्नो नाम पनि सुरक्षित गर्न उनै वालयोगेश्वर महाराज सफल भएका छन् ।
५.सयौं गरिव दुखिलाई उपचार गर्नको लागि आर्थिक सहयोग
सहयोगी भावना भएका वालयोगेश्वर महाराजले आर्थिक अभावबाट उपचारमा समस्या भएका व्यक्तिहरुलाई आफ्नो गक्षले भेटेसम्मको सहयोग गर्ने गरेका छन् । मृगौलाको समस्याबाट पिडित रहेका विरामी देखि लिएर अन्य विभिन्न रोगबाट पिडितहरुको घाउमा मलम लगाउन जहाँ पनि पुग्ने गरेका छन् वालयोगेश्वर महाराज । उनले हालसम्म देशभरका करिब ५ सय भन्दा बढी गरिब,दुखी विरामीहरुको लागि आर्थिक सहयोग गरेर उपचारमा केही पुर्याउने कर्म गरिरहेका छन् ।
६.कृष्ण दमाईको पहिचान
सबै मानव जातीम भावना हुन्छ र सबै मान्छे मान्छे एउटै हुन भन्ने धारणा बोकेका वालयोगेश्वर महाराजले आर्धिक जागरण सँगसंगै जातिय उत्थान र महिला शसक्तिकरणको लागि पहिले देखि आवाज उठाइरहेका छन् । भागवतको माध्यमबाट यि विषयमाथी आवाज बुलन्द गरिरहेका वालयोगेश्वर महाराजले ऐतिहासिक पशुपति कोटिहोम महायज्ञमा अर्काे एक इतिहास पनि कायम गर्न सफल भएका छन् । दलित समूदायबाट सस्कृतमा आचार्य गरेका कृष्ण दमाइको पहिचानलाई बाहिर ल्याएर सबै व्यक्ति एक हुन भन्ने कुराको प्रमाणीत गर्नको लागि ठूलो भूमिका उनै वालयोगेश्वर महाराजले खेलेका छन् ।
निम्न वर्गिय कृष्ण दमाई जव पशुपति कोटिहोममा आर्शिवचन राखेपछि चर्चामा आए त्यसपश्चात अहिले देश विदेशबाट सहयोग प्रदान भइरहेको छ । साथै उनको योग्यताअनुसारको विभिन्न रोजगारको लागि अवसर पनि आइरहेको छ ।
७. विद्यालय तथा क्याम्पस निर्माणको लागि निःशुल्क कथा प्रवचन
अधिकासं कथा प्रवचन गर्ने गुरुहरुले कथाप्रवचन गरे पछि केहि सेवा दक्षिणा स्वरुप लिने गर्छन् । तर नेपामा यस्ता गुरु छन् जस्ले उल्टो सेवा गरेर फर्किन्छन उनै हुन वालयोगेश्वर महाराज । आजसम्म करिब १ सय भन्दा बढी यज्ञ सम्पन्न गरिसकेको वालयोगेश्वर महाराजले यज्ञ आयोजना गरेर दर्जनौ विद्यालय तथा क्याम्पस निर्माण गरिसकेका छन् । सुदुरपश्चिमको अछाम दुखि लिएर । पूर्वको इलाम तथा मध्यपश्चिम गरि करिब ५७ जिल्लामा यज्ञ गरिसकेको वालयोगेश्वरले यज्ञमार्फत विद्यालय र क्याम्पस निर्माण गर्नको लागि सहयोग गरेका छन् । २०८० सालमा मात्र अछाम जिल्लामा रहेको वैद्यनाथ धाममा सञ्चालित वेद विद्याश्रमको स्तर उन्नती गर्नको लागि आयोजित कोटिहोम महायज्ञमा पनि शिःशुल्क कथा प्रवचन गरेर सेवा गरेका थिए । त्यस्तै अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका सञ्चालित भवेश्वर बहुमुखी क्याम्पस निर्माणको लागि पनि निःशुलक सेवा गरेका थिए । त्यस्तै अन्य धेरै ठाउहरुमा पनि उनले सहयोग गर्दै आएका छन् ।
८.धार्मिक जागरणमा निरन्तर पहल
१५ बर्षको वाल्य अवस्थावाट नै भागवत कथा प्रवचन गरि धार्मिक जागरणको क्षेत्रमा पहलकदमी गर्दै आएका वालयोगेश्वर महाराजले निरन्तर १७ बर्ष भैसकेको छ तर उनको धार्मिक जागरणको यात्रा रोकिएको छैन् । देशका ५७ ओटा जिल्लामा पुगेर समाजमा रहेका युवाहरुलाई आफ्नो प्रवचनको माध्यमबाट निरन्तर रुपमा धार्मिक जागरण फैलाउने कार्य पनि वालयोगेश्वर महाराजले गर्दै आएका छन् । धर्मको माध्यमबाट नै सबैको मनमा सकारात्मक धारणाको विकास गराई देश विकासमा टेवा पुगोस् भन्ने हेतुको साथमा उनै वालयोगेश्वर महाराजले नियमित धार्मिक जागरणको कार्य गर्दै आएका छन् ।
९. हिन्दु सेना नामक संस्थाको स्थापना
हिन्दु सनातनीहरुलाई एकसुत्रमा बाध्न टेवा पुगोस् भन्ने सकारात्मक र उत्कृष्ट उद्देश्य बोकेर वालयोगेश्वर महाराजले हिन्दु सेना नामक एक संस्था स्थापना गरेका छन् । जस्ले केवल धार्मिक जागरणको कार्य मात्र नगरेर , सामाजिक कार्यको शन्देशको विगुल फुक्ने कार्य पनि निरन्तर लामो समयदेखि गर्दै आएको छ । ट्राफिक जनचेतनाको कार्य, विभिन्न धार्मिक कार्यमा निःशुल्क रुपमा पानी वितरणको कार्य,निःशुलक स्वास्थ्य सिविरको कार्य तथा यज्ञका कार्यमा सेवा गर्ने कार्य पनि गर्दै आएको छ ।
१०. प्रदेश स्तरीय कोटिहोम महायज्ञको आयोजना गर्ने लक्ष्य
लामो समयदेखि धार्मिक यात्रामा हिडिरहेका वालयोगेश्वर महाराजको यात्रा रोकिने कुनै शंकेत नै छैन । श्रावण महिनामा ऐतिहासिक कोटिहोम महायज्ञ आयोजना गरेर पछि भगवान पशुपतिनाथको थप आर्शिवाद प्राप्त गर्दै महायज्ञ हुदै गर्दा उनै वालयोगेश्वर महाराजले अब निरन्तर नेपालका अन्य ६ प्रदेशमा नै ऐतिहासिक कोटिहोम आयोजना गर्ने संकल्प गरेका छन् ।