एनएमबि न्युज डेक्स,काठमाडौं
आश्विन–२८ सोमबार ।
बिपी राजमार्गमा अब ठूला गाडीहरू समेत चल्ने भएका छन्। बाढी पहिरोका कारण क्षतिग्रस्त राजमार्गमा बनाइएको नयाँ ट्रयाकमा भोलि मंगलबारदेखि ठूला सवारीसाधन चलाउन दिने सडक डिभिजन भक्तपुरले जनाएको छ।
नयाँ ट्र्याक खुलाएर केही दिन अघिदेखि साना सवारीसाधन चल्न दिए पनि ठूला सवारीसाधन रोक लगाइएको थियो। चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म सुधार भइसक्ने र त्यसपछि सो सडकमा सञ्चालन अनुमति प्राप्त गरेका सबै प्रकारका सवारीसाधन सञ्चालन हुन सक्ने सडक डिभिजन कार्यलय भक्तपुरले सूचना जारी गर्दै जनाएको हो।
सडक खुला भए पनि सुक्खा पहिरो झर्ने सम्भावना कायमै रहेकोले रातिको समयमा भने यात्रा नगर्न अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस