समाचार

बारीको काँक्रो टिपेर खाएको निहुँमा दुर्गामायाले गरिन् भीमबहादुरको हत्या

pakrau Nr9pdNkgZP

एनएमबि न्युज डेक्स,काठमाडौं
कार्तिक–११ आइतबार ।

संखुवासभाको चिचिला गाउँपालिका–४ स्थित मत्स्यपोखरीमा धारिलो हतियार प्रहार गरी पुरुषको हत्या भएको छ। चिचिला ४ मत्स्यपोखरीमा शनिवार अन्दाजी १ बजेतिर ४२ वर्षीय दुर्गामाया गुरुङको धारिलो हतियार प्रहारबाट धजे घर भएका ४५ वर्षीय भीमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

प्रहरी नायव उपरीक्षक बस्नेतका अनुसार भीमबहादुरले दुर्गामायाको बारीको काँक्रो टिपेर खाएको निहुँमा धारिलो हतियार प्रहार गरेको देखिको बताए। स्थानीयको भनाइ उद्‌धृत गर्दै उनले मृतकको साथमा आधा काँक्रो खाएको टुक्रासमेत भेटिएको बताए।

मृतकको शरीरको टाउकोलगायत शरीरका विभिन्न भागका धारिलो हतियारको चोट रहेको प्रहरीले जनाएको छ।

घटनाको बारेमा अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टर्माटमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको  छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *