समाचार

रोल्पा कलाकार समाजले गर्‍यो वालयोगेश्वर महाराजलाई सम्मान

388cbbda 386d 4095 917b 17782a6ea3b4

एनएमबि न्युज डेक्स,काठमाडौं
कार्तिक १३ मंगलबार ।

यज्ञ शिरोमणी राष्ट्र गुरु वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजलाई रोल्पा कलाकार समाजले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । नेपालकै चर्चित कार्यक्रम इन्द्रेणीमा समाजले वालयोगेश्वर महाराजलाई सम्मान गरेको हो ।

विगत १७ बर्ष देखि निरन्तर रुपमा सामाजिक,सास्कृतीक,सांगितीक,धार्मिक तथा आध्यात्मिक क्षेत्रमा पुराएको अतुलनिय योगदानको उच्च मूल्याङकन गर्दै समाजले वालयोगेश्वर महारजलाई सम्मान गरेको रोल्पा कलाकार समाजकी अध्यक्ष राधिका हमालले बताएकी छन् ।

वालयोगेश्वर महाराजलाई पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनले सम्मान गरेका हुन् । त्यस्तै मानव सेवा फाउण्डेसनले पनि पूर्व उपराष्ट्रपति पुन सहित रोल्पा कलाकार समाजलाई सम्मान गरेको छ ।

नेपालकै इतिहासमा हालसम्मकै ठूलो ऐतिहासिक पशुपति कोटिहोम महायज्ञको आयोजना गरेर वालयोगेश्वर महाराजले सनातन धर्मको क्षेत्रलाई ठूलो योगदान पुराएका थिए । त्यस्तै उनै वालयोगेश्वर महाराजको संकल्पमा ललितपुरको गोदावरी नगरपालिकामा मामाघर आश्रम र भक्तपुरको ताथलीमा छोरीको घर आश्रम पनि सञ्चालनमा रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस