एनएमबि न्युज डेक्स,काठमाडौं
कार्तिक २४ शनिबार।
सिम्रन खड्का
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शनिबार थाहा नगरपालिकाको पालुङ आउँदै छन् । नेकपा माओबादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलन उद्घाटन गर्न प्रचण्ड आज पालुङ आउन भएका हुन् । उनले पालुङको ईन्द्रायणीचौरमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रचण्डसंगै पार्टीका केन्द्रिय उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज अग्नी सापकोटा पनि आउने कार्यक्रम रहेको छ ।प्रचण्ड आज बिहान ९ बजे चित्लाङ-चन्द्रागिरी (गणेशमान सिंह मार्ग)को हुँदै चित्लाङ आइपुग्ने जनाइएको छ । अध्यक्ष प्रचण्डलाई चित्लाङबाट मोटरसाईकलर्याली सहित स्कर्टिङ गर्दै पालुङ ल्याउने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र थाहा नगरका अध्यक्ष विनोद कुमार लामाले जानकारी दिए । अध्यक्ष प्रचण्डले बिहानको खाना बज्रबाराहीमा खाने कार्यक्रम रहेको उनले बताए । चित्लाङबाट पालुङ आउँदा त्यस बीचमा पर्ने थाहा नगरको १०, ६, १ नम्बर वडा समितिले अध्यक्ष प्रचण्डलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष लामाले जानकारी दिए । अध्यक्ष प्रचण्डसँगै पार्टीका उपाध्यक्ष अग्नी सापकोटा, बाइसीएलका केन्द्रीय इन्चार्ज राम प्रसाद सापकोटा ‘दिपशिखा’, अध्यक्ष सुवोध शेर्पालीसहित केन्द्रीय सदस्य, बागमती प्रदेश अध्यक्षसहितको सहभागिता रहने छ । कार्यक्रममा शहीद तथा बेपत्ता परिवार, पूर्व जनमुक्ति सेनालाई सम्मान गरिने छ ।कार्यक्रमलाई भव्य बनाउन थाहाको गोपाली गाउँबाट इन्द्रायणी चौरसम्म विभिन्न झाँकीसहित पदैल ¥यालीको तयारी गरिएको अध्यक्ष लामाले बताए । उनका अनुसार ¥यालीमा महिला पञ्चेबाजा, तामाङहरुको झाँक्री नाँच, महिलाहरुको खैजडी, गोपालीहरुको बासुरीको धुन, नेवारहरुको धिमे बाजासहित विभिन्न झाँकीले अध्यक्ष प्रचण्डको स्वागत गर्ने तयारी भएको छ।अध्यक्ष प्रचण्डले कुन्छालमा सहिद परिवारसँग भेटघाट र सम्मान गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्ड थाहा नगरमै बस्ने कार्यक्रम रहेको अध्यक्ष लामाले जानकारी दिए । पालुङको सभालाई सम्बोधन पछि शनिबारको रात प्रचण्डले बज्रबाराहीको एक होटलमा बस्ने कार्यक्रम रहेको छ । उनले त्यही नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।आइतबार पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । पालुङमा रहेको जेसीज हलमा माओवादी केन्द्र बागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।