
एनएमबि न्युज डेक्स,काठमाडौं
कार्तिक २८ बुधबार ।
सिम्रन खड्का
कार्तिक २८ बुधबार ।
सिम्रन खड्का
बागमती प्रदेश सरकार संघीयताको मर्म र भावना अनुरुप सञ्चालन नभएको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले बताएको छ । बुधबार माओवादी केन्द्र बागमती प्रदेश सभा दलले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामालाई ज्ञापनपत्र बुझाउँदै प्रदेश ससरकारले प्रदेशका जनताको सेवा, विकास र आवश्यक्तालाई संबोधन गर्नुपर्नेमा सरकार भए नभएको अवस्थामा पुगेको उल्लेख गरिएको छ । माओवादी केन्द्र बागमती प्रदेश सभा दलका नेता शालिकराम जम्कट्टेलसहितको सांसदहरुको टोलीले मुख्यमन्त्री बहादुर सिंह लामालाई ज्ञापनपत्र बुझएका हुन् । बागमती प्रदेश सभाको प्रमुख प्रतिपक्ष दलको हैसियतले सर्बदलिय सहमती एवम् निर्णय कार्यान्वयन नभएको र उक्त निर्णय कार्यान्वयन, योजनाबद्ध विकास निर्माण, सेवा प्रवाह, सहकारीको समस्या समाधान लगायत बिभिन्न माग सहित मुख्यमन्त्री लामालाई ज्ञापनपत्र बुझाईएको माओवादी केन्द्र बागमती प्रदेश सभा दलका नेता शालिकराम जम्कट्टेलले बताए । ज्ञापनपत्रमा प्रदेशका दीर्घकालिन महत्वका योजनाहरुलाई बिनापूर्वाग्रह चालु आर्थिक बर्षमा बिनियोजित बजेटको कार्यक्रमलाई प्राथमिकतमा राखी बहुबर्षिय ठेक्का सम्बन्धि मापदण्ड अनुसार योजनाहरु अविलम्ब कार्यान्वयनमा ल्याउनुपर्ने, कार्य प्रगति न्यून भएका र सम्झौताका म्याद सकिएका तर सम्पन्न नभएका योजनाहरुको अबिलम्ब निर्णय गरी कार्य अगाडि बढाउनुपर्ने, प्रचलित ऐन, नियम तथा मापदण्ड अनुरुप न्यायोचित हिसावले कर्मचारी सरुवा गर्नुपर्ने र अस्थायी, करारका कर्मचारीहरुलाई बिनाकारण हटाउन दवाव दिने कार्य बन्द गर्नुपर्ने, समस्याग्रस्त सहकारीमा संलग्नहरुलाई राजनीतिक पूर्वाग्रह नराखी छानबिनको दायरामा ल्याउनुपर्ने, प्रदेश सरकार अन्तरगतका सहकारीमा देखिएका समस्या समाधानका लागि समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिलाई प्रभावकारी बनाउनुपर्ने, विपदले जनधनको क्षति भएका प्रभावित जिल्लामा राहत र उद्दारका लागि बागमती प्रदेशको सर्वदलीय बैठकले गरेको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने र गत असोज १२ गते पहिरोमा परी एन्फा एकेडेमी ईन्द्रसरोवरका ६ जना प्रशिक्षार्थी खेलाडीहरुले ज्यान गुमाउनुपरेको घटनाको छानबिन गरी दोशीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको ब्यवस्था गर्नुपर्ने लगायतका माग रहेको छ ।


प्रतिक्रिया दिनुहोस