समाचार

चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप

rsp qtY4etWUVy

एनएमबि न्युज डेक्स,काठमाडौं
मंसिर १९ बुधबार ।

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। सहकारीको बचत रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको पक्षमा नाराबाजी गर्दै कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पनि लाठीचार्ज गरेको हो।

राजनीतिक प्रतिशोधविरुद्ध खबरदारी भन्दै भेला भएर चौविसकोटीबाट प्रहरी कार्यालयतर्फ आएको जुलुसलाई प्रहरीले रोक्न खोजेको थियो। त्यसक्रममा प्रदर्शनकारीबाट ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको हो। प्रदर्शन नियन्त्रण गर्न तीन तहमा प्रहरी खटाइएका छन्।

अहिले सरकारी वकिलको कार्यालयमा लामिछानेको बयान चलिरहेको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस