समाचार

राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया

ramchandra poudel 1

एनएमबि न्युज डेक्स,काठमाडौं
मंसिर १९ बुधबार ।

राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेटसम्बन्धी शल्यक्रिया भएको छ । उनको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रोस्टेटको शल्यक्रिया गर्न उनी आज बिहान अस्पताल भर्ना भएका थिए । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस