समाचार

कलंकी खसीबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Accident Sketch

एनएमबि न्युज डेक्स,काठमाडौं
मंसिर १९ बुधबार ।

काठमाडौं महानगरपालिका–१४ कलंकी खसीबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

बागमती प्रदेश –०२–०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । मोटरसाइकलको ठक्रबाट दक्षिणकाली नगरपालिका–१ खहरे बस्ने ५० वर्षीय प्रमेश कुमार खड्गी मंगलबार राति गम्भीर घाइते भएका थिए ।

उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस