खेलकुद

सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाण्डौँ ७३ रनले पराजित

469504898 122128804094455690 2754155030528060678 n LDjVPPEPqq

एनएमबि न्युज डेक्स,काठमाडौं ।
मंसिर २०,बिहिबार ।

नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गरेको छ ।

बिहीबार भएको खेलमा १६८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको काठमान्डु गुर्खाज १५।५ ओभरमा ९४ रन बनाएर अलआउट भएको हो ।

 

सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो भने काठमान्डुको दोस्रो हार हो ।

 

काठमान्डुका लागि स्टीफन एस्किनाजीले ३७ रन बनाए । सुमित महर्जनले १४, गेर्हार्ड इरास्मसले १० र भीम सार्कीले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

सुदूरपश्चिमका लागि नरेन साउदले ४ विकेट लिए । अविनाश बोहराले २, तथा सैफ जैब र ब्राण्डन म्याकमुलनले १–१ विकेट लिए ।

यसअघि सुदूरपश्चिमले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलनले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन जोडे ।

ओपनर विनोद भण्डारीले ३५ र सैफ जैबले ११ रन बनाए । रोहन मुस्तफा भने ४ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी ४३ रनमा आउट भए । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस