समाचार

पाँच महिनासम्म पनि फर्किएनन् बेलायत गएका वडाध्यक्ष

rapti ward head 1722932191 1733453473

एनएमबि न्युज डेक्स,काठमाडौं
मंसिर २१ शुक्रबार ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष चन्द्रबहादुर गुरूङ कार्यालय नआएको पाँच महिना पुग्यो।

वडाध्यक्ष गुरूङले गत साउन १६ गते वडा सदस्य चम्फा पुनलाई कार्यवाहक तोकेर बेलायत गएका थिए। तर, उनी हालसम्म सम्पर्कविहीन रहेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए।

‘उहाँको विषयमा अत्तोपत्तो छैन, हालसम्म सम्पर्कमै आउनुभएको छैन,’ अध्यक्ष विष्टले भने। वडाध्यक्ष गुरूङ पदबाट राजीनामा नदिएरै विदेश गएका थिए।

वडाध्यक्ष विदेश गएपछि गाउँपालिका अध्यक्ष विष्टलाई वडावासी सर्वसाधारणले काममा ढिला सुस्ती भएको भनेर फोन गरिरहन्छन् । जनप्रतिनिधिको मृत्यु भएमा वा राजिनामा दिए रिक्त स्थानमा उपनिर्वाचन हुने प्रावधान छ। गुरुङ नेकपा एमालेवाट निर्वाचित वडाध्यक्ष हुन्।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस